• दमक । दमकका एउटा बिबाद रहित युवा हुन् चन्द्र खत्री । जो दमकमा सामाजिक क्षेत्रमा एउटा नामको रुपमा पनि अघि बढेको छ । दमकको बसपार्क निर्माण उपभोक्ता समितिमा होस या निर्माण ब्यवसायी संघ झापामा होस उनले आफ्नो कार्यकुशलता देखाए ।

    अहिले उनि दमक जेसिजको अध्यक्ष रहेकाछन् । उनि आफ्नो कार्यकालको अन्तिम चरणमाछन् । तर उनले आफ्नो गतिलाइ रोक्नको सट्टा भलन् गतिशिल बनाउदै लगेकाछन् ।

    जेसिज एक बर्ष एक पदको नीति अवलम्बन गर्ने संस्था हो । सदस्यबाट छिरेका उनले सबै पदहरुको अनुभव लिएर स्थानीय स्तरमा जेसिजको उच्च पद अध्यक्ष हासिल गरेका ले उनले त्यो अनुभवलाइ राम्रै सदुपयोग गरे ।

    उनको एउटा यो बर्षको मुख्य काम जेसिज तालिम सेन्टर स्थपनाका लागि भवन निर्माणको काम शुरुवात गर्नु बनेको छ । दमक ८ मा जग्गाको ब्वस्थापन गरेर तालिम केन्द्र बनाउने काम अघि बढाएकाछन् ।

    उनले बिभिन्न संघसंस्थामा भएपनि एकबर्षको आफ्नो कार्यकालको यो अवधिमा जेसिजलाइ जुन रुपमा दिए यसको जेसिज सदस्यहरुले प्रशंशा पनि गरेको पाईएको छ । खत्री दमकमा एउटा सम्भवाना बोकेका युवाहरुको रुपमा थप दर्बिलो बनेकाछन् ।

    ३० गते सप्तमी साँझ
    उनले पुर्व अध्यक्ष एवं पदाधिकारी, सदस्य तथा जेसिजमा योगदान दिएकाहरुको सम्मानका लागि सप्तमी साँझ गर्दैछन् । सांगितिक कार्यक्रम सहित हुने उक्त साँझलाइ भब्य बनाउन जेसिजका सबै पदाधिकारी तथा बोर्ड लागि परेको खत्रीले बताए ।

    कस्मिक पार्टी प्यालेसमा हुने कार्यक्रमका लागि आवश्यक तयारी तिब्र बनाईएको उनले जनाए । दमकबासीको माया सदभाव र जेसिजका बोर्ड सदस्यहरुले गरेको बिश्वासले कार्यक्रमहरु सफल रुपमा सम्पन्न हुदै आएको खत्री बताउछन् । यो कार्यक्रम पनि दमक जेसिजको इतिहासमा उत्कृष्ठ बनाउने प्रयास आफ्नो हुने उनको भनाइ छ ।

    असोज ३० गते बडादशैको सप्तमी तिथीमा मनाउने सप्तमी साँझको तयारी तीव्र बनाईएको अध्यक्ष खत्रीले बताएका छन् । ‘सवै तयारी तीव्र पारिएको छ’ अध्यक्ष खत्रीले भने,–‘ सप्तमी साँझ जेसीज सदस्यहरुवीच पारस्परिक एकताका निम्ति झनै प्रगाढ बन्ने छ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…