• उर्लाबारी, २५ असोज/मोरङको उर्लाबारी–३ का वडा सदस्य सोमप्रसाद तिम्सिनाले आफूले नगरपालिकाबाट प्राप्त गरेको भत्ता एक स्थानीय विद्यालयलाई दिएका छन् । तिम्सिनाले नगरपालिकाबाट प्राप्त गरेको एक बर्षको आर्थिक सेवा–सुविधा सो विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
    स्थानीय दुर्गा माध्यमिक विद्यालयलाई बिहीबार एक कार्यक्रमकाबीच तिम्सिनाले एक लाख २५ हजार पाँच सय रुपैयाँ सहयोग प्रदान गरेका छन् । यसरी प्रदान गरिएको रकम विद्यालयको अक्षय कोषमा जम्मा गरिने विद्यालयकी प्रधानध्यापिका शारदा पाण्डेले जानकारी दिइन् ।
    सहयोगदाता तिम्सिनाले बिपन्न समुदायको बालबालिकालाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको बताए । साँसद कोषको रकम सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको हितमा लगानी नगर्नु दुःखद भएको उनले बताए । ‘साँसद कोषको रकम विपन्न समुदायको हितमा भन्दा पहुँचवाला र सम्पन्न वर्गको हितमा विनियोजन हुनेगरेको छ । जुन अत्यन्तै दुःखद हो’, तिम्सिनाले भने ।
    यसैबीच सो विद्यालयमा सिभिल सब इन्जिनियरिङको पढाई सञ्चालन गरिएको छ । प्रतिनिधि सभाका सदस्य घनश्याम खतिवडाले उक्त बिषयको पढाई उद्घाटन गरे । १८ महिने उक्त विषयको पढाई यसैबर्षदेखि सञ्चालन गरिएको विद्यालयकी प्रधानध्यापिका पाण्डेले जानकारी दिइन् । सो बिषयमा हाल ४० जना विद्यार्थी अध्ययनरत छन् ।
    वि.स.२०३९ सालमा स्थापित सो विद्यालयमा हाल ५०२ जना बालबालिका अध्ययनरत छन् । विगत तीन बर्षदेखि सो विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागिता जनाउँदैआएको पाण्डेले जानकारी दिइन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…