उर्लाबारी । पूर्व नेपाल विद्यार्थी संघ मोरङ क्षेत्र नम्बर १ को आयोजनामा असोज २९ गते उर्लाबारीमा वडा दशैंको शुभकामना आदानप्रदान तथा वर्तमान राजनितीमा नेपाल कांग्रेसको भुमिका विषय अन्तरक्रिया हुने भएको छ ।
उर्लाबारी पार्टी प्यालेसमा दिउसो १ बजे हुने कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने आयोजकका भीम थापाले जानकारी दिनुभयो । दुई तिहाई बहुमतको दम्भको आधारमा जनविरोधी कार्य गरिरहेको बाम शक्तिको लागि कांगे्रेस कसरी अघि बढ्ने र जनताको मन कसरी जित्ने विषयमा घनिबुद छलफल हुने थापाको भनाई छ ।