• रूपेन्द्र शेर्मा

    उर्लाबारी, २६ असोज/प्रदेश सदस्य कुशल लिम्बुले लोकतन्त्र जनप्रतिनिधिलाई मात्र आएको तर, जनतालाई नआएको बताएका छन् । लोकतन्त्र जनतासमक्ष पुर्याउन सक्नुपर्ने उनको भनाई छ ।
    ‘लोकतन्त्र जनप्रतिनिधिलाई मात्र आयो । तर, जनतालाई आएन’, युवा जागरण नेपालले शुक्रबार मोरङको उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै लिम्बुले भने । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबैले आत्मसात गर्नुपर्ने बताउँदै लिम्बुले त्यसका लागि सबै युवा सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
    उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले नेपालमा राजनीतिक परिवर्तनपछि पार्टीका नेता र कार्यकर्ता शक्तिशाली भएको तर, जनता र राष्ट्र कहिल्यै शक्तिशाली नभएको धारणा राखे । देश विकास र समाज परिवर्तनका लागि सचेत युवा राजनीतिमा लाग्न सुझाव दिँदै फागोले देश विकासका लागि सबै युवा एक ढिक्का हुनुपर्नेमा जोड दिए ।
    समाजसेवी जयधर्म आचार्यले युवाहरु सकारात्मक सोचका साथ अगाडि बढेमा मात्र समाज परिवर्तन हुने विश्वास व्यक्त गरे ।
    युवा जागरण नेपालका अध्यक्ष अर्जुन बास्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, सञ्चार क्लबका अध्यक्ष सरोज बस्नेत, राजनीतिकर्मी गङ्गा बास्तोला, मानबहादुर श्रेष्ठ, स–शस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारी, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना, सञ्चारकर्मी रूपेन्द्र शेर्मा, भाुन गिरी, उर्लाबारी–१ का वडाध्यक्ष मचिन्द्र कार्की, उर्लाबारी–२ का वडाध्यक्ष राजन कंडेल, उर्लाबारी–३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका सामुदायिक विकास अधिकृत रुद्रबहादुर तामाङ, शिक्षक भुमिराज प्याकुरेल, सुवासचन्द्र सापकोटा, गणेश दाहाल, स्वास्थ्यकर्मी गणेश लिम्बु, अपाङ्गता भएका व्यक्तिहरुका समूह उर्लाबारीका अध्यक्ष ब्यासकुमार लिम्बुलगायतले सामाजिक तथा आर्थिक परिवर्तनका लागि युवाहरु सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…