• काठमाडौं,२६ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेता बामदेव गौतमले नै उपचुनाव नलड्ने भनिसकेकाले अब यसबारे कुरा गर्न जरुरी नरहेको बताए ।

    त्यतीमात्र होर ? प्रचण्डले भने,विकास निर्माणका काम छोडेर वामदेवका लागि उपचुनाव हुँदैन


    केहि दिन सम्म वामदेव नभै भएन भन्न भ्याएका प्रचण्डले आज अर्कै कुरा गरे पछि वामदेव गुटमा खैलाबैला मच्चिएको छ । काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो ।

    यस्तो तयारी पहिला पनि थियो । तर, चतर्फी आलोचना भएपछि गौतम पछि हटेपछि दाहालले यस्तो बताएका हुन् ।

    शुक्रबार आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दाहालले विकास निर्माण छाडेर उपचुनावमो 'लफडा'मा नलाग्ने स्पष्ट पारे ।

    दाहालले केपी ओली नेतृत्वको सरकारको भने खुलेर प्रशंसा गरे । ६ महिनाको अवधिमा नै सरकारले विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने पनि बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…