• चुलाचुली/ साइन्स संकाय पढाउने दातालाई खाेज्दै हिडिरहेका जेम्स लिम्बूलाई अष्ट्रेलिया र हङकङमा रहेका नेपालीमनहरूबाट नगद २६ हजार ९५ रूपैयाँ सहयोग प्राप्त भएको छ ।
    नेपाली भाषिक शरणार्थी युवाहरूकाे संस्था "क्रियटिभ जर्नि फाउन्डेसन" अष्ट्रेलियाकाे संस्थापक तथा अध्यक्ष अाेवेत साम्पाङ् राईकाे नेतृत्वमा कक्षा ११ काे विज्ञान संकायमा अध्ययनरत जेम्स लिम्बूकाे एडमिशन नछुटाेस् भनी नगद १५ हजार ७ सय ९५ रूपैयाँ सहयोग प्रदान गरेका छन् । भने हङकङमा कार्यरत शिक्षासेवि शरण सुब्बाले नगद १० हजार ३ सय रूपैयाँ सहयोग गरेका छन् ।

    दुवै सहयोग नेपालमा चेतन अाङथुपाेद्वरा जेम्स लिम्बूलाई लाई हस्तान्तरण गरिएको छ । चेतनका अनुसार, `क्रियटिभ जर्नि फाउन्डेसन अष्ट्रेलियाले सात महिना अघि कक्षा १० मा अध्ययनरत अनिता साँवाकाे लागि नगद १० हजार सहयोग गरेका यश संस्थाले यसपटक पनि शिक्षा क्षेत्रमा उहाँहरूले सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहान्छु ।´


    ......जेम्सकाे कथा

    घरकाे अार्थिक स्थिति कम्जोरभएपछि चुलाचुली गाउँपालिका वडा नं.४ निवासी १६ बर्षिय जेम्स लिम्बूलाई उनका बुवाले साइन्स विषय पढाउन् नसक्ने सल्लाह दिनु भयो ।
    चुलाचुली गाउँपालिका वडा नं.४ स्थित श्री बालज्याेति मा.वि.बाट एसईई २०७५ मा (जिपिए ३.२०) वि प्लस ग्रेटमा पास भएको जेम्स भन्छन्,`सानै छदाँ अामाले छाेड्नु भाे घरमा एउटा भाइ,सानी अामा र बुवा हुनुहुन्छ उहाँहरूले गाउँमै कम पैसा लाग्ने कलेज पढ् भन्नू हुन्थ्यो , तर मेराे सपना साइन्स पढ्ने थियाे ।´

    जेम्सकाे सपना साकार गर्न गाउँकै बुद्धिजिवी सुर्दशन पाैड्यालले दुई बर्ष पढाउने दाता खाेजिदिने अाशा देखाएपछि जेम्स लिम्बू उनकै सल्लाहकाेपछि लागिरहयाे, पाैड्यालले केही दाता पनि भेटाई दिए दाताहरूकाे अाशामा जेम्सले निरन्तर अडाई महिना कलेज धाए तर एडमिशन् नगरिएकोले वेल्ड र टाई विना गेट छिर्ने गाह्रो थियोे भने, परीक्षा फर्म भर्ने समय सकिन्दै थियाे, रै पनि जेम्स दाताहरूले गरिदेला भन्ने अाशाकै बाटो कुरिरहेका थियोे ।


    झापाको दमक नगरपालिका स्थित रहेका श्री हिमालय उच्च माध्यमिक विद्यालयमा अध्ययनरत जेम्सलाई कलेजमा शिक्षकहरूले नाम, फर्म भर्न ढिलाे भएको जानकारी गराईरहन्दा कलेज छुटिभए पछिकाे समय जेम्स दाताहरूलाई भेट्न कहिले फाेन गर्थें कहिले घरमै पुग्थेँ, तै पनि दाताहरूले `हुदैछ र हुन्छ´ मात्रै भने, तर फर्मकाे अन्तिम दिन सम्म पनि दाताहरूबाट केही प्रतिक्रिया नपाएकाे जेम्स पढ्न नपाउने चिन्तामा थियाे ।
    एडमिशन र फर्म छुट्दा एक बर्षपछि पर्ने जेम्सका पढाइ प्रति तत्कालीन सहयाेग... लेखिएको नाेट फेसबुक मेसेन्जरबाट थाहा पाएपछि हङकङमा कार्यरत शिक्षा सेवि शरण सुब्बाले हिमायल मा.वि.का निर्वतमान विद्यालय व्यवस्थापन अध्यक्ष तिर्थ बस्नेतलाई सम्पर्कगरि जेम्सकाे पढाइ नछुटाेस् भनि तत्कालीन सहयोग गर्न प्रतिबद्धता गर्नु भएको थियाे ।
    ....... अहिले जेम्स
    साइन्स संकायमा अध्ययनरत जेम्स लिम्बू चुलाचुली गाउँबाट रतुवा खाेला हुँदै कलेज अाईपुग्न साइकलमा ४५ मिनेट लाग्छ । उनकाे पढाइमा मासिक फ्रि १२ सय तिर्नुपर्छ भने, ट्युसन पढ्ने खर्च समेत जुटाउन गाह्राे रहेका जेम्स भन्छन्, `मेरो लागि पढ्न पाउनु नै ठूलो कुरा हाे, मलाई सहयोग गर्नु हुने मानिसहरू प्रति धन्यवाद साथै यहाँहरूकाे सहयोग खेर जान नदिने बाचासहित राम्रो पढ्न चाहान्छु ।´ उनका पढाइको लागि जम्मा भएको रकम गाउँमै रहेका पाथिभरा सहकारीमा खाता खाेलेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…