झापा । मानव अधिकार तथा शान्ति समाज झापाको अध्यक्षमा महेन्द्रविलास लुइँटेल चयन हुनु भएको छ ।
समाजको हालै सम्पन्न साधारणसभाले लुइँटेललाई अध्यक्षमा सर्वसम्वत चयन गरेको हो । लुइँटेल धुलावारी माविका प्रधानाध्यापक हुनुनहुन्छ साथै उहाँ विभिन्न समाजिक संघ संस्थाको नेतृत्व गरिसक्नु भएका अनुभवी तथा कुशल युवाका रुपमा परिचित हुनुहन्छ । समाजको उपसभापतिमा
शिक्षक लिलाप्रसाद भण्डारी, सचिवमा शिक्षक सुभाष रिजाल, कोषाध्यक्षमा युवा पर्यटन व्यवसायी ऋषीराज तिम्सिना तथा सहसचिवमा मिनप्रसाद निरौला चयन हुनु भएको छ ।
समाजको सदस्यहरुमा लक्षन्द्र यादव, प्रकाश खड्का, तारा खतिवडा, कुशुम भट्टराई, कमल थापा र सीता महरा चयन हुनु भएको छ ।