• झापा । ‘स्वास्थ्य नागरिक समृद्ध नेपाल’ भन्ने नाराका साथ बुद्ध शान्ति ४ गुराँस वस्तीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    नेपाली कांग्रेस क्षेत्र नम्बर १ र बुद्ध शान्ति गाउँ समितिको आयोजनामा नाक, कान, घाँटी, छाला, यौन रोग, पाठेघरलगायतका आधा दर्जन भन्दा बढी विशेषज्ञहरुको टोलीले स्थानीयको स्वास्थ्य परिक्षण गरेका थिए ।
    वीपी कोइराला स्मृति प्रतिष्ठान घोपा क्याम्प धरानको प्राविधिक सहयोगमा भएको शिविरमा बरिष्ठ डाक्टर पप्पु रिजाल, नारायणदास भट्टराईलगायतका टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।
    एकै थलोमा धेरै किसिमका रोगहरुको स्वास्थ्य परिक्षणले स्थानीयहरुमा समेत खुसी छाएको थियो । उनीहरु हरेक घरबाट स्वास्थ्य जाँच गराउन शिविरमा आइपुगेका थिए । आयोजकले विरामीहरुको स्वास्थ्यलाई ख्यालमा राखेर यातायातको समेत सुविधा दिएको थियो ।
    स्वास्थ्य जाँच गराउने विरामीहरुका लागि शिविरमा १५ लाख बराबरको औषधी निःशुल्क रुपमा वितरण गरिएको औषधी व्यवसायी एवम् कांग्रेस युवा नेता सुरेश खतिवडाले बताउनु भयो । उहाँका अनुसार डाक्टरले विरामी पुर्जामा लेखिदिनु भएको सम्पूर्ण औषधीहरु विरामीहरुका लागि निःशुल्क वितरण गरिएको छ । शिविरमा ५ सय भन्दा बढी विरामीहरुले स्वास्थ्य जाँच गरेका स्वास्थ्य शिविर कार्यक्रम संयोजक एवम नेवि संघ केन्द्रीय सदस्य खड्ग पन्दाक सुब्बाले बताउनु भयो ।
    दशैका शुभकामना आदानप्रदान सहित स्वास्थ्य जीवनका कामना गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला आउँदा आधा दर्जन भन्दा बढी डाक्टरहरुको टोली सहित आउनु भएको छ । दशै मनाउन झापा आउनु भएका नेता शर्माले आफ्नो निर्वाचन क्षेत्रमा रहेका मानिसहरुको स्वास्थ्य परिक्षणका लागि कार्यक्रम तय गर्नु भएको हो ।






सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…