• नेपालको राजनीतिमा यो अन्तरघात सव्द निक्कै चर्चित भएर आएको छ विशेषगरी निर्वाचन पश्चात । अन्तरघात राजनीतिक फिल्ड त्यो पनि निर्वाचनकै परिवेशमा मात्रै हुन्छ ?यो अन्तरघात राजनीति क्षेत्र वाहेक अन्य क्षेत्रमा हुदैन ? अन्तरघात व्यवसायमा , जागिरमा , सामाजिक संघ सस्थामा , खेलक्षेत्रमा ,पारिवारिक सम्वन्धमा , प्रेम मा, दामपत्य जीवनमा इत्यादी इत्यादी क्षेत्रहरुमा पनि अन्तरघात हुन्छ।र यो अन्तरघात ले कोही व्यवसाही सडकमा आए , कोही प्रेमी ले आत्मा हत्या गरे , कति जागिरेले जागिर छोड्नु पर्यो , कतिको दामपत्य जीवनमा विग्रह आयो । आखिर अन्तरघात हुन्छ कसरी ,कसरी उम्रन्छ , कसरी प्रस्फुटित हुन्छ, कसरी पल्लवित हुन्छ, त्यस्को कारक के हो , त्यस्को जीवनदाता को हो , त्यस्को जन्मदाता को हो ,यस्को तपाइ , हामी नै हौ जन्मदाता ।

    कुनै पनि क्रिया पछी उत्पन्न हुने प्रतिक्रिया अर्थात हाम्रो क्रिया सकारात्मक हुदा प्रतिक्रिया पनि सकारात्मक हुन्छ हाम्रो क्रिया नकारात्मक हुदा प्रतिक्रिया पनि नकारात्मक हुन्छ त्यो नकारात्मक प्रतिक्रियावाट उत्पन्न क्रिया लाइ नै हामी अन्तरघात भन्छौ र यसरी हामी अन्तरघात जन्माउछौं।
    केशीको वेगलाइ , कोशी प्रवाहलाइ अप्राकृतिक , अनुचित तरिकाले , अवैज्ञानिक तरिकाले जवरजस्ती वाध बाँध्यौं भने , रोक्न खोज्यो भने अन्तत त्यो वाध भत्काउछ र त्यो वेगले त्यो प्रवाहले तहस नहस गर्दै अगाडी वडछ ।सक्ती कसैले रोक्न सक्तैन यो आफै प्रस्फुटित हुन्छ, यो आफै पल्लवित हुन्छ ,यो आफै उदित हुन्छ, यही सक्ती रोक्ने प्रयासमा यही सक्ती माथि घात गर्ने प्रयास मा त्यही क्रियाले उत्पन्न गर्छ अन्तरघात ।
    जस्ले घात गर्छ उसैमाथि हुन्छ अन्तरघात यो प्रकृती जन्य सिध्दान्त हो ,यो स्वभाविक प्रकृया र प्रतिक्रिया हो।

    यो कुरा नेपाली कांग्रेस ले वुज्नु पर्छ , यो कुरामा नेपाली कांग्रेस ले खोज गर्नु पर्छ , अनुसन्धान गर्नु पर्छ ।अन्तरघाती भनेर दोषलागेकाहरु माथि को घात कै प्रतिक्रिया हो अन्तरघात ,यसरी वुजे यसरी स्विकारेर अगाडी वड्ने हो भने कांग्रेसमा आफै सुध्दी हुन्छ।
    लोकतान्त्रिक फ़ोरम का अध्यक्ष विजय गच्छदार ले नेपाली काग्रेसका शिर्ष नेताहरु संग जुन समझदारी र शर्तमा आफ्नो पाटी नेपालि काग्रेसमा विलय गर्नु भयो , विलय भएको यत्तिका समय वितीसक्दा पनि विधी संगत हिसावमा लोकतान्त्रिक फ़ोरम पाटी ले स्थान पाउन लम्विरहेको समयले संसय पैदा गर्छ त्यो संसय केन्द्र देखी जिल्ला सम्म उठ्न थालेको छ , र यस्मा विलम्व नगरी गरेको समझदारी अनुसार पाटी समायोजन हुनु पर्छ नभए यस्मा लोकतान्त्रिक फ़ोरम का अध्यक्ष माथिको घात हुन्छ र त्यो घात ले जन्मदिन्छ अन्तरघात।

    अन्तरघात यसरी नै जन्मन्छ नेपाली कांग्रेसमा विगत ४० वर्ष देखी हेरौ कार्यकर्ता पंक्ती मा कही न कही कुनै न कुनै रुपमा नेतृत्व वर्ग वाट घात भएकै छ र यस्तो घात वाट कार्यकर्ता पाटी छोडेर स्वतन्त्र रुपमा वसेका छन ,कोही उदासीन भएर वसेका छन ,कोही पलायन भए ,कोही अन्य पाटी मा प्रवेस गरे एक पल्ट नेतृत्व तहमा वसेकाहरुले पछाडी फर्केर हेर्ने हो भने , आफ्नो कार्यशैली समिक्षा गर्ने हो भने उनिहरुवाट को को पिडीत भएका छन , को को पलायन भएका छन , को को उदासीन भएका छन र को को पाटी छोडेर गएका छन सवै देख्ने नै छन र पनि आफुलाइ सच्याउन चाहिरहेका छैन यहाँ सम्मकी अन्य नेतृत्व तहमा वसेका नेताहरु ले त्यस्ता कार्यकर्तालाइ पाटी प्रवेस गराउन , पाटीमा सक्रिय गराउन , सम्मान पुर्वक पुन मातृ पाटीमा ल्याउन प्रयत्न गर्दा पनि जस्ले घात गरेर विस्थापित गराएका छन उनिहरुको हठ , दम्भ ले पनि पाटी प्रवेस गराउन सकिरहेको छैन यस्मा पनि उनिहरुको दम्भ र हठले अन्तरघात माथि पुन अन्तर्रघात गरेकै छ। र सवै भन्दा खतरनाक अन्तर्रघात यही हो र यस्मा पाटी हाइकमान ले आफै प्रवेस गरेर पाटी प्रवेस को यस कार्यलाइ नतिजा दिन सक्नु पर्छ यो कार्यले पनि ठुलो रुपमा पाटी सु्द्धी र संगठन मजवुत भएर जाने देखिन्छ।

    मुल कुरो नेपाली कांग्रेसका शिर्ष नेताहरु , केन्द्रीय सदस्यहरु , जिल्ला सभापतीहरु लगायत पाटी तहका ज़िम्मेवार सदस्यहरु ले आफ्नो व्याक्तिगत भविस्यको विचार जव गर्छन तव पाटीमा अन्तरघात सुरु हुन्छ र यसैवाट पाटीमा चिन्ता र तनाव वडाउछ , आफ्नो निजी भविस्यको विचार नगरेर यदी पाटीको भविस्य लाइ लिएर अगाडी वडने हो भने न त अन्तरघात हुन्छ न त जीवन नै तनावपूर्ण हुन्छ ।
    यसर्थ आफ्नो हैन पाटीको भविस्य को विचार लिंएर अगाडी वडौ र हेरौ पाटी को संगठन आफै मजवुत भएर आउछ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…