• काठमाडौं । शनिबार साँझ निधन भएका नेपाली कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको शव आज दिउँसो पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर साँझ दाह संस्कार गरिने भएको छ । बेलायतमा रहेकी बास्तोलाकी जेठी छोरी ११ बजे काठमाडौं आइपुग्दै छिन्।

    जेठी छोरी आएपछि दिउँसो १ बजे बास्तोलाको शबलाई पार्टी कार्यालय सानेपामा लगिने छ। यसैगरी कान्छी छोरी ४ बजे काठमाडौं आएपछि सिधैं पार्टी कार्यालय गएर श्रद्धाञ्जली दिएपछि दाह संस्कारका लागि पशुपति अर्याघाट लगिनेछ।

    उपसभापति निधिका अनुसार आजै २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। बैठकले बास्तोलाको निधनमा शोकप्रस्ताब पारित गर्ने बताइएको छ।

    यसैबीच, महंगी बिरुद्ध पार्टीले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रदेश र केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित गरिएको कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी गराए।

    ०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालाई सम्बोधन गर्ने क्रममा लडेका नेता बास्तोलालाई मस्तिष्कघात भएको थियो। उनी ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए।

    मस्तिष्कघात भएपछि बास्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो। तर, उपचार सम्भव नभएपछि बास्तोलालाई पछिल्लो समय घरमै चिकित्सकहरूको निगरानीमा उपचार गरिदै आएको थियो।

    ०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए।

    उनका श्रीमती र दुई छोरी छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…