• गायक नन्दु गुरुङको गीति एल्वम ‘जमाना’ विमोचन भएको छ । शनिबार झापाको दमकमा ‘जमाना’ गीति एल्वम विमोचन तथा ‘भन्ज्याङ काटी...’ गीतको म्यूजिक भिडियो सार्वजानिक कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ लोक गायक एल.पी.जोशीको जोशिलो मन्तव्य र हाउभाउले दमक पत्रकार मञ्चको हलमा तालीको पर्राले गुन्जएमान बनेको थियो । क्रेजी इन्टरटेनमेन्टले ल्याएको सो गीति एल्वममा ८ वटा गीत समावेश गरिएको छ । जसमा ‘भाग्यो नि जमाना...’, ‘आज लौ तिमी छौं...’, ‘अधेरीमा...’, ‘तिम्रै माया लाग्छ...’, फर्केर हेरिदउ..., भन्ज्याङ काटी ..., मेरो भावना...., आउन साथ देउ... रहेका छन् । पृथ राई, टम्पशेर राई, देव गुरुङ, अर्जुन सेन्चुरी.., सिद्धान्त खड्का.., ज्याक्मे दाई..लगायतको शब्द संगीत रहेको छ ।

    एल्वम विमोचन कार्यक्रममा वरिष्ठ गायक एल.पी.जोशी र साहित्यकार धनकुटे कान्छालाई सम्मान पनि गरिएको थियो । चलचित्र पत्रकार संघ प्रदेश नं. १ का अध्यक्ष तथा क्रेजी इन्टरटेमेन्ट प्रा.लि.का अध्यक्ष सन्तोष राईको अध्यक्षतामा भएको सो कार्यक्रममा गायक नन्दुले ‘भाग्यो नि जमाना..’ गीत लाइभ गाएका थिए । करिब २ घन्टासम्म चलेको सो कार्यक्रममा दमक पत्रकार मन्चका अध्यक्ष मनकुमार गदाल, चलचित्र पुरानो बुलेटका निर्माता अशोक साम्पाङ, पत्रकार भूपेन्द्र तिम्सिनाले शुभकामना मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…