• दीप खादी लिम्बू

    असोज-२८

    क्वालालम्पुर,

    नेपाली राजदुतावास क्वालालम्पुरले आइतबार एक शोक सभा तथा सचेतनात्मक कार्यक्रम आफ्नै सभाहलमा सम्पन्न गरेको छ।हालसालै मलेशियाको सेलाङ्गगोर राज्य तथा क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनपछि बिरामी परी मृत्यु भएका १३ जना नेपालिहरुको सम्झनामा सो श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो।

    केही महिना अघि बिसादी युक्त मदिरा सेवन बाट ज्यान गुमाएका नेपालिहरुको सम्झना गर्दै २०७५ असोज २८ (तदनुसार १४ अक्टोबर २०१८) का दिन दूतावासको कर्मचारी तथा मलेशियामा रहेका नेपालीहरूको सामुदायिक संघ संस्थाहरूका प्रतिनिधिहरू लगायतको सहभागीतामा दूतावासको पहिलो तल्लामा शोकसभा कार्यक्रमको आयोजना गरेको थियो।

    मृतकहरूको सम्झनामा एक मिनेट मौन धारण गरी औपचारिक रुपमा शुरू भएको उक्त शोकसभामा मन्तव्य दिदै कार्यबाहक राजदूत श्री कुमार राज खरेलले उक्त दुखद घटनाबाट आफ्नो स्वास्थ्य ख्याल गर्न विशेष आग्रह गरेका थिए।भने नजिकिदै गरेको नेपालिहरुको चाँडपर्वहरूमा मदिरा सेवन गर्दा विशेष सतर्कता तथा होशियारी अपनाउन मलेशियामा रहनु भएका आम नेपाली जनसमुदायमा अनुरोध समेत गर्नु भएको छ।

    सचेतनात्मक र अन्तरकृया समेत गरिएको उक्त कार्यक्रममा मलेशियाको स्वस्थ्य मन्त्रालयले तयार पारेको विशाक्त मदिरा सम्बन्धी सन्देश सहितको समाग्रीहरू पनि वितरण गरेको थियो।

    स्थायी ठेगाना सहित मृतकहरूको विवरण।
    १ मिम बहादुर घले बसेरी-३, धादिङ
    २ राम कुमार यादव मसिना-६, रुपन्देही
    ३ संजय उराव पश्चिमकुसाहा-९, सुनसरी
    ४ बलबहादुर कुलुंग रार्इ सिद्धिथुम्का-९, इलाम
    ५ आइत सिंह गोले पत्थरकोट -६, सर्लाही
    ६ दुर्गा सिं राना देउराली – ८, नवलपरासी
    ७ शेर बहादुर ठकुरी वागमति – ८, सर्लाही
    ८ बिशाल बुढाथोकी अमरगढी-५, डडेल्धुरा
    ९ सुकुलाल घिसिगं महोत्तरी
    १० बिमल कार्की इलाम
    ११ चम्पावति राई खोटाङ
    १२ रामचन्द्र लोध फरेना-७, रुपन्देही
    १३ राधेश्याम बैठा रघुनाथपुर्-६, बारा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…