• काठमाडौँ, २८ असोज

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

    बाँस्तोलाको पार्थिव शरीरमा सभापति देउवाले आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

    बाँस्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १३ः३० देखि १६ः३० बजेसम्म पार्टी कार्यालय सानेपामा राखिएको थियो । बास्तोलाको शनिबार राति निधन भएको थियो ।




    काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशाङ्क कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत र डा प्रकाशशरण महत लागयतका काङ्ग्रेसका नेताहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

    त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव विष्णु पौडेल लगातयका नेताहरुले स्व.बाँस्तोलाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

    विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बाँस्तोलाको शनिबार राति निधन भएको थियो । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ । शनिबार नै उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो । तर उपचार सम्भव नभएपछि पुनःनिवासमा लगिएको थियो ।

    स्व बाँस्तोलाको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उहाँले पराराष्ट्र, कृषिलगायत मन्त्रालयका मन्त्री, नेकाका केन्द्रीय सदस्य एवं भारतका लागि नेपालका राजदूतसमेत हुनुहुन्थ्यो ।

    काँग्रेस उपसभापति निधिले नेता बाँस्तोलाको निधनले सिङ्गो देश, पार्टी र लोकतान्त्रिक आन्दोलनप्रति क्षति पुगेको छ भन्नुभयो । युवा नेता प्रदीप पौडेलले स्व बाँस्तोलालाई लोकतान्त्रिक आन्दोलनको सेनानीका रुपमा चिन्न सकिन्छ भन्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…