• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारलगत्तै पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका दुई जना नेतालाई मन्त्री बनाउने तयारी गरेका छन् । यस विषयमा प्रधानमन्त्री ओली र नेता नेपालबीच आन्तरिक सहमति समेत भैसकेको छ ।


    ओलीले पख्नुहोस् दशै,तिहारपछि तपाईका नातेदार पनि मन्त्री हुन्छन् भने पछि माधव नेपाल दंग परेको नेकपा भित्र चर्चा छ ।

    अहिले भएका दुई जना मन्त्रीलाई हटाएर नेपाल पक्षका दुई जनालाई मन्त्री बनाउने ओलीको चाहना छ ।

    यसअघिपनि मन्त्रीमण्डल पूर्नगठन गर्नेबारे नेकपाभित्र छलफल चलेकै थियो । तर, विविध कारणले हुन सकेको थिएन । अब भने तिहारलगत्तै ओलीले अहिलेका मन्त्रीहरुमध्येबाट दुई जनालाई विदा गर्ने मनशाय बनाएका छन् ।

    केही मन्त्रीहरुको क्रियाकलापबाट ओली असन्तुष्ट छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायतसँग प्रधानमन्त्री ओली असन्तुष्ट छन ।

    माधव पक्षबाट मन्त्री बन्नेमा स्थायी समिति सदस्य योगेश भट्टराई, सोम प्रसाद पाण्डे र घनश्याम भुषाल लगायतका नेताहरुको चर्चा चलेको छ ।

    सोम प्रसाद भने नेपालका नातेदार हुन् । ओलीले विदा गर्ने मन्त्रीहरुको नाम भने अहिले नै तय भएको छैन ।

    पछिल्लो समय नेकपाका अर्का नेता झलनाथ खनाल भने ओली र नेपालसँग असन्तुष्ट हुदै आएका छन् ।

    अर्को समाचार

    add
सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…