• काठमाडौ । ‘साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल २०१८’मा अभिनेत्री सिर्जना सुब्बाले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् ।

    नेपाली कथानक चलचित्र ‘डाइङ क्यान्डल’का अभिनेत्री सुब्बाले शनिबार सम्पन्न भएको फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी हुन् ।

    यस्तै चलचित्र ‘डाइङ क्यान्डल’बाटै दीपन्कर सिक्देर र रवीन आचार्यले उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड पनि हात पारे ।

    फिल्म फेस्टिवलमा चलचित्र ‘डाइङ क्यान्डल’ नोमिनेसनमा परेपछि निर्देशक केसी र अभिनेत्री सुब्बा सिंगापुर पुगेका थिए ।



    ०७४ माघ २८ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘डाइङ क्यान्डल’ ले उत्कृष्ठ अभिनयतर्फ गत वर्षका चलचित्रका अधिकांश अवार्ड हात पारेको थियो ।

    फिल्ममा अनिनेत्री सुब्बासँगै सौगात मल्ल, लाक्पा तामाङ, अर्पण थापा, विद्या कार्की लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गरेका हुन् । फिल्ममा पटकथा पनि केसीले नै लेखेका हुन् ।

    https://www.youtube.com/watch?v=laqeH3yqSzo

    यसअघि ‘क्विन्स फिल्म फेस्टिभल’मा रविन आचार्यले यस फिल्मबाट सर्वोत्कृष्ट छांयाकारको अवार्ड जितेका थिए । रविन, विमल सुवेदी, उत्तम केसीको लगानीमा निर्माण भएको चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

    फिल्ममा दिदी र भाइको आत्मीय सम्बन्धलाई केन्द्रीय कथा बनाएर निर्माण गरिएको चलचित्र हो । दिदीले भाइलाई र भाइले दिदीलाई गर्ने मायाँलाई चलचित्रमा देखाइको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…