• बिर्तामोड, असोज २८ । झापाको पुरानो दैनिक विवेचनाको वार्षिकोत्सवमा आयोजना गरिँदै आएको झापा मिडिया कपको दोस्रो संस्करण कात्तिक तेस्रो साता हुने भएको छ ।

    मिडिया कपको खेल समितिले आइतबार पत्रकार सम्मेलन गरी कात्तिक १५, १६ र १७ गते अर्जुनधारा ११ स्थित खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो । विवेचनाका समाचार सम्पादक तथा खेल संयोजक रमेश समदर्शी राईका अनुसार यसपटक नौ वटा सञ्चार गृहले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

    उनका अनुसार गत वर्षको साविक विजेता सूर्योदय टेलिभिजन, उपविजेता यलम्बर टाइम्स र मेरो रेडियो, न्यु मेची टाइम्स, लोकतन्त्र पोष्ट र जनसंसद्, सनराइज एफएम, सप्तरंगी एफएम, आमसञ्चार अनलाइन, नेसनल मिडिया ग्रुप र आयोजक विवेचनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा झापा जिल्ला फुटबल संघ र झापा जिल्ला फुटबल रेफ्री संघको प्राविधिक सहयोग रहने विवेचनाका सम्पादक हिमाल खरेलले बताए ।

    तिहारअघि हुने मिडिया कपको पुरस्कार राशि पनि यस वर्ष बढाइएको उनले बताए । उनका अनुसार यस वर्ष विजेताले नगद ३१ हजार र उपविजेताले १६ हजार पाउनेछन् । गत वर्ष २१ हजार र १५ हजार पुरस्कार रहेको थियो ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मोबाइल र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    विवेचना प्रकाशन समूहका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष तेजमणि प्रसाईं, प्रबन्ध निर्देशक सुमन शर्मा जम्मर कट्टेलले मिडिया कपका बारेमा प्रस्ट पारेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…