• सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को दोस्रो संस्करणमा टप ट्वान्टीसम्म पुगेका प्रतिस्पर्धीले ‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

    आशिष प्रसाईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरु विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ। दशैं तिहारको छेको पारेर सार्वजनिक गरिएको भिडियोमा स्वयं  कलाकारहरुले अभिनय गरेका छन् भने अन्य कलाकारले पनि शसक्त भूमिका निर्वाह  गरेका छन् ।


    गीतको शब्द विक्की महतले लेखका हुन्। ‘परदेशमा रहेर दशैं तिहारलाई  सम्झिएर शब्द रचना गरेको हो’, उनी भन्छन्, ‘हजारौको संख्यामा नेपाली युवाहरु विदेशी भूमिमा श्रम गर्न बाध्य छन्, उनीहरुको लागिल के दशै के तिहार उनीहरुलाई पनि त यो चाडपर्वले कति छुँदो हो ? हाम्रो गीतले यही कथा भन्छ । ’

    गीतमा सिद्धार्थ भट्टको संगीत रहेको छ । राजेश घिमिरेले खिचेको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन्।

    देश तथा विदेशमा बस्ने नेपालीहरुले यो गीत औधी मन पराउने कलाकारहरुको दाबी छ। गीतका गायक तथा संगीतकारले सक्दो मेहेनत गरेर गीतको भिडियो तयार भएको निर्देशक आशिष प्रसाईले बताए।

    हेर्नुहोस् भिडियोमा

    https://www.youtube.com/watch?v=8AG7dOG_2ss

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…