• बिराटनगर । नोबेल शिक्षण अस्पतालको प्रायोजनमा सञ्चालित १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ को उपाधि सिवानी चौधरी र तेजेन्द्र विश्वासले जितेका छन् । बिराटनगरमा भएको फाईनलमा उत्कृष्ट छनौट हुँदै सिवानीले मिस थारु आईकनको ताल पहिरिइन भने तेजेन्द्र मिस्टर थारु आईकन घोषित भए ।

    पूर्वका १ सय १८ प्रतिष्प्रधिलाई पछि पार्दै बिराटनगर–८ स्थित मधुमारा बुद्धचौककी सिवानी र बिराटनगर–३ पिपलचौकका तेजेन्द्रले प्रदेश स्तरीय थारु आईकनको उपाधि जितेका हुन् । कार्यक्रममा पूर्व मिस नेपाल माल्विका सुब्बाले सिवानीलाई मिस थारु आईकनको ताल पहिराईदिएकी थिईन् । मिस्टर र मिस थारु आईकन दुवैलाई नोबेल शिक्षण अस्पतालको तर्फबाट प्रवन्ध निर्देशक इन्दिरा शर्माले ५०/५० हजारको चेक प्रदान गरिन् ।

    त्यस्तै उदयपुरको गाईघाटका सृजना चौधरी मिस फस्ट रनरअप र बिराटनगर कञ्चनवारीका सिजन चौधरी मिस्टर फष्ट रनरअप घोषित भए । त्यस्तैगरी इटहरीकी अंकिता चौधरी मिस सेकेण्ड रनरअप र सुनसरी बरजुका सुवास चौधरी मिस्टर सेकेण्ड रनरअप बनेका छन् ।

    नोबेल शिक्षण अस्पतालको तर्फबाट फस्ट रनरअपलाई ३० र सेकेण्ड रनरअपलाई २० हजारका दरले जनही पुरस्कार प्रदान गरिएको छ । फाईनलमा माल्विका सुब्बा, साजित आलम, पर्शुराम चौधरी, भोला चौधरी र तुलसी पोख्रेल निर्णायकको भूमिकामा थिए । थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्ने उद्धेश्यले थारु कला केन्द्रले आयोजना गरेको थारु आईकन करिव दुई महिनासम्म चलेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…