• केपी ओलीको नेतृत्वको सरकारलाई पाँच वर्षको जनादेश प्राप्त भएको बताउँदै बीबीसीसँगको कुराकानीमा उनले त्यो खण्डित हुने गरी कुनै सहमति नभएको दाबी समेत गरे। हालै भारतीय सञ्चार माध्ययमलाई दिएको अन्तर्वार्तामा प्रचण्डले पार्टी एकीकरण गर्दा शक्ति बाँडफाँटबारे सहमति भएको बताएका थिए।

    वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार रहेका पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले केही दिनअघि चारबुँदे सहमति भएको फेसबुकमा उल्लेख गरेका थिए। तर नेता पोखरेलले भने, “मलाई आजको मितिसम्म त्यस्तो सहमति भएको थाहा छैन।”पछिल्ला दिनमा माधव नेपाल लगायतका नेताले सार्वजनिक रूपमै सरकारको आलोचना गर्दै आएका छन्। पोखरेलले सबै नेताहरूले पार्टीका निकायमा आफ्नो मत राख्नु पर्ने टिप्पणी गर्दै त्यसप्रति पनि असन्तुष्टि दर्शाए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…