• कलाकर्मी, सङ्गीतकर्मी, मिडियाकर्मी बीच निरकुमार सुनुवारको ‘छोरी’ नामक एल्बमको बिमोचन तथा सोही एल्बमबाट तयार पारीएको ‘मलाई पनि लैजाउ छोरी…’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

    कार्यक्रममा म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, कवि श्रवण मुकारुङ, वरिष्ठ गायक शम्भु राई, सङ्गीतकार भीषण चाम्लिङ, गायिका श्रेया सिचेम्जोङ, डिजाइनर अनिल स्थापित, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलगायतका ब्यक्तित्वहरुको बिशेष उपस्थिती थियो ।

    रचनाकार निरकुमार सुनुवारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम उहाँकै चार बर्षिया स्वर्गिय छोरी क्रिष्टिना सुनुवारको सम्झनामा उनकै जन्मदिनको दिन पारी गरिएको थियो ।

    ‘छोरी’ नाम दिईएको उक्त एल्बममा ‘मलाई पनि लैजाउ छोरी’, ‘ए आमा बाबा’, ‘आमाको काखलाई’ र ’यो संसारमा’ गरी जम्मा चार वटा गीत समावेश छन । जसको शब्द निरकुमार सुनुवारको रहेको छ भने ति गीतहरुमा वरिष्ठ गायक शम्भु राई, भीषण चाम्लिङ राई, श्रेया सिचेमजोङ र झुमा लिम्बुको आवाज समाबेश गरिएको छ । यसमा रहेका सम्पूर्ण गीतको सङ्गीतकार भीषण चामलिङ राई हुन भने एरेन्ज अशोक लोहरुङ राईको रहेको छ ।

    केही महिना अघि चार बर्षको अल्पायुमै ब्लड क्यान्सरबाट पीडित क्रिष्टिना उपचारकै क्रममा निधन भएकी हुन । उनी निरकुमार सुनुवारकी कान्छी छोरी हुन ।

    सत्य घटनाको कथामा आधारित भिडियो बनेकोले स्वयम निरकुमार सुनुवार र उनकै माइली छोरी तिर्षणा सुनुवारले भिडियोमा अभिनय गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…