• देबु बानियाँ
    झापा । रामनगर जेसीज क्षेत्र ‘घ’ को उत्कृष्ट शाखा बन्न सफल भएको छ । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने ‘जेसीज अफ द मन्थको अवार्ड ’ अन्तरगत सेक्टेम्बर महिनाको अवार्ड रामनग जेसीजले प्राप्त गर्न सफल भएको छ
    नेपाल जेसीजले सार्वजनिक गरेको ‘जेसीज अफ द मन्थ’ को नतिजा अनुसार मानवीय तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत क्षेत्र ‘घ’ बाट रामनगर जेसीज यस क्षेत्रको उत्कृष्ट शाखाको अवार्ड प्रदान गर्ने निर्णय गरेको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले बताउनु भयो ।
    यस क्षेत्रका शाखाहरुको कार्य सम्पादनका आधार उत्कृष्ट हुने शाखालाई यो अवार्ड प्रदान गरिने गरेको छ । यो अवार्डले शाखालाई थप प्रोत्साहन र हौषला मिलेको रामनगर जेसीजका अध्यक्ष भोजराज चापागाईले बताउनु भयो । शाखाले सामाजिक र मानवीय क्षेत्रमा काम गरेको मुल्याङ्कनको प्रतिफल भएको बताउँदै यो अवार्डले थप हौषला प्राप्त भएको उहाँले बताउनु भयो । शाखाका संस्थापक अध्यक्ष, निर्वतामान अध्यक्ष, पूर्व अध्यक्षहरु तथा सम्पूर्ण बोर्डका साथीहरुलाई शाखालाई उत्कृष्टताको अवार्ड प्राप्त गराउन साथ र सहयोग गर्नु भएकोमा शाखाकी महासचिव हिमा न्यौपानेले आभार व्यक्त गर्नु भयो । यस शाखाले सुनवल नगपालिकाको सहकार्यमा नगर भित्र विभिन्न गतिविधिहरु संचालन गर्दै आएको छ ।







सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…