उर्लाबारी । अान्द्राकाे राेगकाे कारण लामाे समय देखि थलिएका उर्लाबारी ३ मंगलबारे निवासी रमेश बस्नेत काे उपचारको निम्ति उलाँबारी- ९ दुर्गापुरीका युवा व्यवसायी हेमराज गुरूङ ले रू १०,०००/- सहयाेग गर्नुभएको छ । त्यसै गरि कतारमा Hyatt Plaza Shopping Mall अन्तर्गत Jungle Zone मा कार्यरत म्याग्दी -वेनि निवासी उमेश भण्डारीकाे अगुवाइमा रू ४१०००/- संकलन गरी जम्मा रू ५१,०००/- सहयाेग अाज प्रदान गरिएकाे छ । वडा सदस्य भीष्म बुढाथोकी बस्नेतको उपचारको लागि सहयोग जुटाउन अहोरात्र खटिरहनुभएको छ ।