काठमाडौं । राजाहरुले लगाउँदै आएको श्रीपेच अब सबै हेर्न पाउने भएका छन् । नारायणहिटी दरबार संग्रहालयमा श्रीपेचलाई सर्वसाधारणका लागि खुला गरिएको छ ।
सामेबार प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेचलाई सार्वजनिक गरेका हुन् । गणतन्त्र स्थापनापछि श्रीपेचलाई कोठामा राखिएको थियो ।
२०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेका थिए । उनले लगाउने गरेको श्रीपेच दरबारभित्र राखिएको थियो।