• चितवन, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “कानून विपरीत कुनै पनि कार्य गर्नु हुँदैन् ।”

    प्रहरी महानिरीक्षक खनालले सबैले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिदैं महिला र बालबालिकाको विषयलाई गम्भीरतापूर्वक लिएर चाँडो न्याय दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    “इमान्दारी र निष्ठापूर्वक बदमाससँग भिड्नुपर्छ”, उहाँले भन्नुभयो, “मानवअधिकार संरक्षण गर्नेमा चुक्न हुँदैन ।”

    प्रहरी महानिरीक्षक खनालले प्रहरीले इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्ने बताउँदै नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    चितवनका प्रहरी जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कम जनशक्तिमा पनि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै नवनिर्मित ब्यारेक र हिरासतले काम गर्न र बसाइमा सहजीकरण हुने बताउनुभयो ।

    प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले रु तीन करोड ९७ लाख ७५१ को लागतमा ब्यारेक र हिरासत निर्माण गरिएको जानकारी दिनुभयो । ब्यारेकमा १५ कोठा रहेका छन् । हिरासतमा ६ वटा कोठा छन् । २०७२ साल फागुन २८ गते सम्झौता गरी निर्माण थालिएको ब्यारेक भवन ११ हजार ३२१ वर्ग फिटमा रहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…