• काठमाडौं। नवरात्रको सातौंदिन महाशक्ति माता दूर्गाको सातौं स्वरुप कालरात्रिको पूजा गरिन्छ। यो व्श्विास गरिन्छ कि माता कालरात्रिको पूजा गर्दा कालको नाश हुन्छ। यसै कारणले यिनको नाम पनि कालरात्रि राखिएको हो। यिनको अनुहारको स्वरुप पनि कालो नै रहेको छ।

    असुरहरुका राजा रक्तवीजको वध गर्नको लागि देवी दूर्गाले तेजले यी देवीलाई उत्पन्न गरेकी हुन्। यिनको पूजा शुभ फलदायी हुने भएकोले यिनलाई शुभंकारी पनि भनिन्छ। यस दिन साधकका मन सहस्रार चक्रमा स्थित रहेको हुन्छ। यसको लागि ब्रह्माण्डको समस्त सिद्धिकाद्वार खुल्न लाग्दछ भनिन्छ। माता कालरात्रिको स्वरुप देख्नमा अत्यन्त भयानक मानिन्छ। तरपनि यिनी सदैव शुभफल दिनेवाली देवी मानिन्छ।

    यिनको स्वरुपबाट पनि के थाहा हुन्छ भने नराम्रा र भयानक देखिने मानिस पनि दयालु र भित्रीरुपमा राम्रा हुन्छन्।

    माता कालरात्रिको मन्त्र एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता, लम्बोष्टी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी। वामपादोल्लसल्लोहलताकण्टकभूषणा, वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी॥

    माता कालरात्रिको स्वरुप देवी कालरात्रिको शरीर रातको अन्धकार जस्तै कालो रहेको छ। यिनको कपाल पनि विग्रिएको हुन्छ। यिनको घाँटीमा विद्युतको माला रहेको हुन्छ। यिनको चार हात रहेको छ। यिनको बाहन गधा हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…