• मोरङ, ३० असोज - गत शनिबार मध्यरात पूर्वराष्ट्रिय पञ्चायत सदस्य पूर्वसांसद कर्णबहादुर धिमालले  आफ्नो एकतले घरको बुइँगलमा डोरीको पासो लगाएर आत्महत्या गरेका छन्। उनलार्इ बिरामी बोक्न गाउँतिर जाँदा एम्बुलेन्स चालकले बेलबारी नगरपालिका-२, लालभित्तीमा एउटा शव सिकुवामा तन्द्रङ्ग झुण्डिरहेको अवस्थामा फेला पारेका हुन्।

    दशैंको मुखमा ७० वर्षे धिमालले आफ्नो एकतले घरको बुइँगलमा शनिबार राति डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्। धिमालले आफू जीवितै हुँदा अस्पताललाई शरीर दान दिने घोषणा गरेका रहेछन्। तर, धरानस्थित वीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले उनको मृत शरीर लिन मानेन र परिवारजनलाई नै फर्काइदियो।

    कर्णबहादुर झापा-मोरङमा बसोबास रहेको आदिवासी जनजाति समुदाय धिमाल जातिका अग्रणी व्यक्ति हुन्। उनी राजतन्त्र समर्थक राजनीतिकर्मी हुन्। पञ्चायत ढलेपछि उनी केही वर्ष राप्रपाको केन्द्रीय सदस्य समेत भए। ०५० सालदेखि भने उनी राजनीतिक रुपमा निश्क्रिय र स्वतन्त्र थिए।

    लालभित्ती चोकै छेउमा सानो घरमा बसेाबास गर्दै आएका उनी सामान्य जीवन यापन गरिरहेका थिए। स्थानीयका अनुसार उनी जीवनको उत्तरार्धमा अत्यधीक मादक पदार्थ सेवन गर्थे। पारिवारिक तनावमा भएकाले पनि उनी मादक पदार्थमा बढी लागेको स्थानीयको भनाइ छ।

    वि.सं. ०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा धिमाल मोरङबाट विजयी बनेका थिए। त्यसबेला धिमालले आफू पञ्च भएता पनि कांग्रेस र कम्युनिस्टको भोटले चुनाव जितेको चर्चा मोरङमा हुने गरेको छ।

    धिमाल राष्ट्रिय पञ्चायतको सामाजिक समितिको सभापति समेत बने। ०३६ सालको जनमत संग्रहमा उनले पञ्चायतलाई जिताउन किसान पञ्चभेला समितिको सभापति भएर भूमिका खेलेका थिए।

    १६ वर्षको उमेरदेखि निर्दलीय पञ्चायतको राजनीतिक कार्यकर्ता बनेका धिमाल नेपाल किसान संघको मोरङ जिल्ला उपसभापतिसम्म बने। ०३१ सालमा हरैंचा गाउँ पञ्चायतको वडा सदस्य बनेका उनी ०३५ सालमा हरैंचाको उपप्रधानपञ्चसमेत मनोनित भए।

    ०२१ सालदेखि ०२३ सालसम्म महेन्द्र प्रावि, भगवति प्रावि आदिमा श्रमदानस्वरुप अध्यापन गरेका धिमालले आइएसम्मको अध्ययन गरेका थिए। उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचत हुनुभन्दा पहिले स्थानीय महेन्द्र प्रावि र सुकुना प्राविको सहयोग समितिको सदस्य तथा मोरङ साझा संस्थाको सञ्चालक समितिको सदस्य समेत बनेका थिए।

    धिमालले आत्महत्या गर्नुको कारण के थियो? उनले आफ्नो सुसाइट नोटमा यसबारे खुलाएका छैनन्। शरीरमा भेटिएको कागजमा शरीर दानको कुरोमात्रै उल्लेख भएको आफन्तहरु बताउँछन्। स्थानीय लालभित्तीका बासिन्दाहरु भने पारिवारिक तनाव र एक्लोपनका कारण धिमालले आत्महत्या गरेको हुनसक्ने बताउँछन्।

    धिमाललाई नजिकबाट चिन्ने एक स्थानीयले भने, ‘कर्णबहादुरका नाममा जग्गा जमिन र घर केही पनि थिएन। उनी बसेको घर पनि छोराका नाममा थियो। काठमाडौंमा पनि घर थियो, छोरा र श्रीमतीकै नाममा थियो, उनले आफ्नो नाममा केही पनि राखेका थिएनन्। उनी निकै ठूलो आर्थिक समस्यामा बाँचिरहेका थिए।’

    स्थानीयवासीको भनाइ अनुसार हाल उनी बसिरहेको घर अघिल्लो महिनामात्रै छोराले स्थानीय सानिमा बैंकमा धितो राखेर २० लाख रुपैयाँ ऋण निकाले। त्यसबेला धिमालले मलाई २० हजार रुपैयाँ चाहिँ देऊ है भनेका थिए, तर छोरा पैँसा नदिई काठमाडौं गए।

    आत्महत्या गर्नुअघि लालभित्तीका छिमेकीहरुलाई भेटेर धिमालले रुँदै ‘अब म बाँच्दिनँ’ भन्ने गरेको स्थानीयवासीको भनाइ छ। धिमालका एकजना छिमेकीले भने, ‘मकहाँ आउनुभयो र रुँदैरुँदै भन्नुभयो अब म धेरै दिन बाँच्दिनँ।’

    को हुन् कर्णबहादुर ? कर्णबहादुर झापा-मोरङमा बसोबास रहेको आदिवासी जनजाति समुदाय धिमाल जातिका अग्रणी व्यक्ति हुन् । उनी राजतन्त्र समर्थक राजनीतिकर्मी हुन् । पञ्चायत ढलेपछि उनी केही वर्ष राप्रपाको केन्द्रीय सदस्य समेत भए । ०५० सालदेखि भने उनी राजनीतिक रुपमा निश्क्रिय र स्वतन्त्र थिए । लालभित्ती चोकै छेउमा सानो घरमा बसेाबास गर्दै आएका उनी सामान्य जीवन यापन गरिरहेका थिए । स्थानीयका अनुसार उनी जीवनको उत्तरार्धमा अत्यधीक मादक पदार्थ सेवन गर्थे । पारिवारिक तनावमा भएकाले पनि उनी मादक पदार्थमा बढी लागेको स्थानीयको भनाइ छ । वि.सं. ०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा धिमाल मोरङबाट विजयी बनेका थिए । त्यसबेला धिमालले आफू पञ्च भएता पनि कांग्रेस र कम्युनिस्टको भोटले चुनाव जितेको चर्चा मोरङमा हुने गरेको छ । रापंस बनेपछि धिमाल राष्ट्रिय पञ्चायतको सामाजिक समितिको सभापति समेत बने । ०३६ सालको जनमत संग्रहमा उनले पञ्चायतलाई जिताउन किसान पञ्चभेला समितिको सभापति भएर भूमिका खेलेका थिए । १६ वर्षको उमेरदेखि निर्दलीय पञ्चायतको राजनीतिक कार्यकर्ता बनेका धिमाल नेपाल किसान संघको मोरङ जिल्ला उपसभापतिसम्म बने । ०३१ सालमा हरैंचा गाउँ पञ्चायतको वडा सदस्य बनेका उनी ०३५ सालमा हरैंचाको उपप्रधानपञ्चसमेत मनोनित भए । ०२१ सालदेखि ०२३ सालसम्म महेन्द्र प्रावि, भगवति प्रावि आदिमा श्रमदानस्वरुप अध्यापन गरेका धिमालले आइएसम्मको अध्ययन गरेका थिए । उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचत हुनुभन्दा पहिले स्थानीय महेन्द्र प्रावि र सुकुना प्राविको सहयोग समितिको सदस्य तथा मोरङ साझा संस्थाको सञ्चालक समितिको सदस्य समेत बनेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…