• मोरङ्गको रतुवामाई ९स्थित सुदर्शन क्लवले बिभिन्न बिधामा करिव ९०जनालाई सम्मान गरेको छ। रतुवामाई ९ निवासी समाजसेवी कृष्ण कार्कीको एकल लगानीमा उनिहरु सम्मानित भएका हुन्।



    जापानमा बसेर दुखी र अशक्तहरुको सेवामा कृयाशिल समाजसेवी कार्कीले उपलब्ध गराएको रकमबाट रतुवामाई ९का ८५बर्ष उमेर माथीका २८जना महिला, १६जना पुरुष सम्मानित भएका छन्। उनिहरुलाई दौरा शुरुवाल टोपी, सारी चोलो पछ्यौरा लगाएर सम्मान गरिएको हो। उहाँहरुलाई प्रस्ताबित सगरमाथा प्रदेशका आन्तरिक मामला एवं कानुनमन्त्री हिक्मत कार्कीले सम्मान गर्नुभएको हो।



    यस्तै तीनजना अशक्त(एकजना महिला, दुईजना पुरुष) पनि सम्मानित भएका छन्। उनिहरुलाई मासिक एकहजारका दरले दुईमहिनाको दुईहजारका दरले दुई÷दुई हजार सहित सम्मान गरिएको छ। अपांगता भएका तीनजनालाई आजिवन मासिक एकहजार उपलब्ध गराईने बताईएको छ।

    यस्तै पत्रकारिता बिधातर्फ एटिएन मिडिया प्रा.लिद्वारा सञ्चालित पूर्वी खबरका सम्पादक त्रिलोचन पौडेल, इटहरीबाट प्रशारित सप्तकोशी एफएम गरी १२जना ब्यक्ति÷सञ्चारमाध्यम सम्मानित भएका छन्।



    यस्तै आरम्भ नाट्य डवली कला साहित्य मञ्चका १७ जना नाट्यकर्मी, तीनजना नृत्यकर्मी, यस्तै रेसलर, जिम्न्याष्टिक कर्ता र साईक्लिङकर्ता पनि सम्मानित भएका छन्।



    कार्यक्रममा आन्तरिक मामिला एवं कानुन मन्त्री कार्कीका अलावा, पूर्व सभाषद ऋषिकेश पोखरेल, प्रदेश सांसदहरु हिरा थापा, शिव नारायण सिंह, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, रतुवामाई नगरपालिकाकी उपमेयर दमयन्ता चुडाल बिभिन्न संघ सँस्थाका प्रतिनिधी आदिको सहभागिता थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…