• दुधे । विगत वर्षलाई निरन्तरता दिदै यो वर्षपनि झापाको झिलझिलेमा साँगितीक साँझ हुने भएको छ ।
    झिलझिलेको किरात भवनमा सोमबार पत्रकार सम्मेलन गरि आयोजक शिवसताक्षी युथ क्लवले कात्तिक १३ देखि २० गते सम्म झिलझिले म्युजिकल ईभ लाईभ ईन कन्सर्ट हुने जानकारी दिएको हो । कार्यक्रमको सम्योजन स्थानिय सास ईन्टरटेन्टमेनले गर्ने आयोजक संस्थाले जनाएको छ ।
    स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने सांगीतिक कार्यक्रमले सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीको पर्यटन पवद्र्धनका लागि प्रचार प्रसार गर्ने पनि बताइएको छ । कन्सर्टबाट संकलित गरेको रकम बचाई क्रिकेट एकाडेमी स्थापना गर्ने शिवसताक्षी युथ क्लबका कार्यवहाक अध्यक्ष प्रदिप कडरियाले बताए ।
    उद्घाटन साँझ नेपालका चर्चित माउण्ट एट्एिड फोट्एिटले गर्ने कार्यक्रम संयोजक सुरज रिङ्गालुङ राईले जानकारी दिए । उनका अनुसार भर्सटायाल्स सिंगर सोप्न सुमन, गायिका तृष्णा गुरुङ्ग, र्यापर भिटेन, टक पप रक व्याण्ड कपवेभ, आधुनिक÷पप गायिका अर्पणा श्रेष्ठ, चर्चित गायक सुगम पोख्रेल र हाँस्य कलाकार राजाराजेन्द्रको प्रस्तुति रहने छ ।
    कुलतमा फसेका युवा युवतीहरुलाई लक्षित गरी सालिन्य झापाको झिलझिलेमा सांगीतिक कार्यक्रम हुँदै आएको छ । यस्ता कार्यक्रमबाट कुलतमा समय दिने युवा युवतीको ध्यान मोड्न सांगाीतिक कार्यक्रमआयोजना गरिएको कार्यक्रम संयोजक सुरज रिङ्गालुङ राईले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…