• नेकपा ले काठमाण्डू ७ वाट रामविर मानन्धर लाइ राजिनामा गराएर त्यस क्षेत्रमा वामदेव लाइ खडा गराउने कुरा अधिकारिक रुपमा बाहिर चर्चामा आएर पनि "जनता ठुलो कि पाटी " भन्दै सर्वत्र बिरोध का कारण पाटी पछाडी फर्केको छ । वर्दिया १ वाट पराजित भएका वामदेव लाइ काठमाण्डू ७ वाट उम्मेदवार वनाउन खोज्नु त्यो क्षेत्रका मतदाहरुको मानमर्दन मात्रै होइन "जनता भन्दा ठुलो पाटी "भन्ने कमुनिष्ट शासन शैलि प्रदर्शनले भर्खर पैतला चाल्दै गरेको लोकतन्त्रको उपहास पनि हो र नेकपा को यो राजनीति ले " कुनै अनिष्ट " को लागी सांसद वनाउन खोजिएको संकेत हो ।

    यो संकेत किन हो भने यो भन्दा पुर्व पनि डोल्पाका सांसद एवं पर्यटन राज्य मन्त्री धन बाहादुर बुढ़ा लाइ पनि राजिनामा गराएर वामदेव लांइ ल्याउने प्रयास पनि स्थानियले नरुचाउने देखेपछी काठमाण्डू ७ मा प्रवेस गराउन खेजेकोले यो ने क पा को भित्री रहस्य के हो ? या भनौ वामदेवलाइ मरिहत्ते गरि पाटीलाइ नै दाउमा राखेर सांसद वनाउन खोज्नु को संकेतलाइ राजनीतिमा राम्रो अर्थमा लिएको देखिन्दैन ।

    त्यसो त रामविर मानन्धरले वामदेवलाइ ७ नम्वर मा प्रवेस गराउनु "देस विकास हुन्छ" भन्ने भनाइ अघि सारे त्यस्तो थियो भने वामदेव वर्दियामा पराजित हुने नै थिएनन र अर्को कुरा जवसम्म मुलुकमा विधिकों राजनीति , न्यायको राजनीति, र सुध्दताको राजनीति को विकास हुदैन , राजनीति परिमार्जित हुदैन तव सम्म देस विकास हुदैन र यही दीर्घरोग नेकपाले पालेर वसेको छ । वामदेवलाइ यसरी सांसदमा प्रवेस गराउदा धेरै राजनीतिक विसंगती ले प्रवेस गर्छ , नेकपाको राजनीतिमा त्यो दीर्घरोगले यति शिघ्र संक्रमण सुरु गर्न थाल्छ त्यस्को उपचार नेकपाको लागी धेरै महगों पर्छ ।
    वामदेव को महत्वकांक्षा याहा आएर रोकिनु निस्चयनै नेकपाको दुइ तिहाइ सरकार को लागी सुरक्षित अवतरण हुन सक्यो।

    नेकपा को पाटी र त्यसवाट निर्मित सरकार लाइ त्यसो त अधिनायकवाद र सर्वसत्तावादको आरोप त नेपालि काग्रेस ले लगाएकै हो त्यो आरोप सरकार संचालनमा मात्रै हैन अव पाटी भित्र पनि देख्न थालिएको छ । पाँच वर्षलाइ जनताले आफ्नो अभिमत दिएर पठाएको रामविर मानन्धर लाइ राजिनामा गराएर वामदेवलाइ ल्याउन खोज्नु पाटी भित्र हैकमवाद र अधिनायकवाद हो त्यती मात्र हैन नेकपा ले आफ्नो स्वार्थ सिध्दीको लागी आफ्नो अभिष्टको लागी सामान्य कार्यकर्ता त के जननिर्वाचित सांसको समेत यसरी शोषण गर्छन, र यो शोषण को पिडा रामविर ले मात्र हैन काठमान्णु क्षेत्र नम्वर ७ का १८१०२ मतदाताहरुले समेत भोग्ने छन यो कुरा वुजेर पछाडी ने क पा फर्केको हो ।

    फोहरी खेल अर्थात डटी गेम ले नेकपा मा दुइ व्याक्ती को वामदेव र रामविर मानन्धर को राजनीतिक शाख़ त गिर्यो गिर्यो यस्मा ने क पा पनि जनमत विरुध्द गएको देखिन्छ । र यस्ले सिंगो नेकपा को पनि राजनीति संस्कार धर्म र मुल पनि प्रकाशमा आएको छ । यो परिस्थिति मा अहिलेको मौजुदा अवस्थामा अव ने क पा ले वामदेव लाइ नेपाल भित्र कुनै पनि क्षेत्रवाट निर्वाचनमा खडा गराए नतिजा वर्दियाँ १ कै हुनेछ र अव रामविर मानन्धर को पनि राजनीतिक भविष्य र उन्को स्थिती वामदेव कै जस्तो हुने छ ।
    त्यसो त अध्यक्ष प्रचण्ड ले "चुनाव मा हार्ने अवस्था भए " त्यस्तो गरिन्दैन भने पनि यहाँ नेर वामदेव चुनावमा खडा हुनु पुर्व नै पराजित भए उ मात्रै पराजित नभएर नेकपा सिंगै पाटी पनि हार्यो । यो हार ले कम्युनिष्ट ले वुजे जनता भन्दा पाटी ठुलो हैन रैछ भन्ने कुरा।
    ने क पा भित्रका महत्वकांक्षी नेता वामदेव के अव पाँच वर्ष चुप लागेर वस्छन त ? उनि सांसद हुने र त्यसपछी प्रधानमनत्री सम्मको दावेदार को रुपमा चर्चामा आएका वामदेव यो पाँच वर्ष भित्र मा निस्चय सांसद चै वन्नसक्छन? किन भने पुर्व माओवादी र ने क पा एमाले को नेपालको राजनीति मा प्रवेसको पृष्ठ भुमी हेर्दा उन्को सांसद वन्ने मार्ग पनि प्रसस्त हुन्छ की ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…