• काठमाठौं, ३० असोज । पहिलेको दशैं र अहिलेको दसैंमा धेरै परिवर्तन आएको छ । साधारणतया दशैं भन्नाले दक्षिणा, आशीर्वाद, मिष्ठान्न भोजन, मनोरञ्जनको पर्व भन्ने बुझिन्छ ।

    यसले सबै जाति र उमेर समूहलाई विशेष महत्व राख्छ । यसले जीवनशैलीमा अपत्यारिलो परिवर्तन ल्याइदिन्छ । वर्ष दिनमा एक पटक आउने यो चाडमा मानिसले दुःख, पीर एवं व्यथासँगै दैनिक सन्तुलित खाना खान नै बिर्सन्छन् ।

    अहिले पनि दशैंमा जतिसक्दो खानुपर्छ भन्ने मान्यता रहिआएको छ । वर्ष दिनभरिलाई सन्तुलित रूपमा पुर्‍याएर खानेकुरा एउटै पर्वमा खाइसक्नुपर्छ भन्ने मान्यता समाजमा अझै व्याप्त छ ।

    यसले स्वास्थ्य, संस्कार एवं संस्कृतिलाई नै गलत दिशातर्फ धकेलेको छ ।
    दशैंको समयमा शाकाहारी खाने घरबाहेक प्रायको घरमा राँगो, खसी तथा सुँगुरको मासु हुन्छ । जात तथा समुदायको इच्छाअनुसार मासु ल्याइए पनि यी तीन वटै रातो मासुका स्रोत हुन् ।

    स्वास्थ्यका हिसाबले सकेसम्म रातो मासु कम मात्रामा खानुपर्छ । मांसाहारी थालीमा सबै किसिमका मासुका परिकार कहिले कुखुराको मासु, कहिले माछा सन्तुलित मात्रामा खानुपर्छ । माछा–मासुको साथमा हरिया सागपात खानु अझ राम्रो हुन्छ ।

    चाडपर्वको बहानामा सन्तुलित आहारलाई ध्यान नदिई, मसालेदार, चिल्लो रातो मासु, फ्राई गरेको पापड, चिप्स, प्राउन, रोस्ट, सेकुवा खाँदा शरीर अस्वस्थ हुन सक्छ ।

    मासु कति र कसरी खाने ?
    मासु कति खाने भन्ने उमेरअनुसार फरक पर्छ । ४–५ टुक्रा मासुले ८० कि. क्यालोरी प्रदान गर्छ । चाडपर्व होस् वा अन्य समय आफ्नो खानामा दिनहुँ सन्तुलित आहारको आवश्यकता पर्छ । १ सय ग्राम कुखुराको मासुमा ३१ ग्राम प्रोटिन र खसीको मासुमा २१ ग्राम प्रोटिन हुन्छ । दैनिक प्रोटिनको आवश्यकता पनि उमेरअनुसार फरक पर्छ ।

    १४ देखि १८ वर्षकालाई ६५ ग्राम, १९ देखि ७० वर्षका पुरुषलाई ६४ ग्राम प्रोटिनको आवश्यकता पर्छ । यसैगरी १४ देखि १८ वर्षका महिलालाई ४५ ग्राम, १९ देखि ७० वर्षका महिलालाई ४६ ग्राम प्रोटिनको आवश्यकता पर्छ ।

    गर्भवती ६० ग्राम र सुत्केरी महिलालाई ६७ ग्राम प्रोटिन चाहिन्छ । अन्यलाई भन्दा गर्भवती तथा सुत्केरी महिलालई धेरै प्रोटिनको आवश्यकता पर्छ । दैनिक खानामा कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन मिनेरल सन्तुलित मात्रामा हुनुपर्छ । हरेक बार खान चार भन्ने मूल मन्त्र ध्यानमा राख्नुपर्छ ।

    १. अन्न तथा कन्दमूल

    २. गेडागुडी

    ३. पहेंला फलफूल तथा हरियो सागपात

    ४. पशुपंक्षीजन्य पदार्थलाई दैनिक सन्तुलित रूपमा खानुपर्छ । मासु त प्रोटिनको स्रोत मात्र हो । शरीरमा प्रोटिन धेरै भए कब्जियत, टाउको दुख्ने, मृगौला फेल हुन सक्ने, सास गन्हाउने, मुटु रोग लाग्ने खतरा बढ्ने र हड्डी कमजोर हुनसक्छ ।

    मासु स्वस्थ बनाउने उपाय
    –मासुलाई उमाल्ने, बाफ विधिको प्रयोग गर्नुपर्छ । भित्री अंगमा भएको मासु र बाहिर छालामा टाँसिएको मासु स्वास्थ्यका लागि प्रतिकूल हुन्छ । यसमा कीटाणु हुने सम्भावना धेरै हुन्छ । त्यसैले यस्तो मासु नखानु वेश हुन्छ ।

    खानै परे पनि उसिनेर राम्रोसँग पखालेर मात्र खानुपर्छ । बजारमा भएका मसला, अजिनो मोटो, मिट मसलाभन्दा घरमै बनाइएको मसला प्रयोग गर्नु उपयुक्त हुन्छ । ल्वाङ, मेथी, सुकमेल, बेसार, जिरा, सुप, कडी पत्ता, धनियाँ र मेथीको मिश्रणयुक्त मसला प्रयोग गर्नुपर्छ ।


    बालबालिका, गर्भावस्था, वृद्धावस्थादेखि परिवारका सबै सदस्यलाई पोषणयुक्त भोजन गराएर चाडपर्वको रमाइलो महसुस गर्नुपर्छ । रेसादार सागपात, फलफूलका साथमा पर्याप्त मात्रामा पानी पिउनुपर्छ । जतिसुकै मीठो भोजन भए पनि ठिक्क मात्रामा खानुपर्छ ।

    स्वस्थ भएर बाँच्ने, सुन्दर भएर बस्ने अनि समृद्ध बन्ने चाहनालाई दसैंको सन्तुलित भोजनले ऊर्जा दिओस् । असन्तुलित खाना खाए ऊर्जाको साटो रोगको स्रोत बढ्ने सम्भावना हुन्छ त्यसैले सचेत भएर खानु पर्ने कुरा नारी साप्ताकिहमा टिप्स रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…