• अर्जुन जम्नेली राई -रतोकलम
    काठमाडौं । गायक तथा संगीतकार देव गुरुङको ‘गाउँ जाने सुन बिर्षे दाई..., बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
    हिन्दु समुदायको चाड दशैं तिहार सम्बन्धि रहेको यो गीत पर्देशी छोराले घरमा खवर पठाएर कथासँग सम्बन्धीत छ । पर्देशिएका छोराछोरीलाई चाड पर्वमा आमा बाबुले घरमा नसम्झने कुरै भएन ।

    गीत मार्फत गायक गुरूङ भन्छन ‘‘गाउँ जाने सुन बिर्षे दाई, सन्चै छ है भन्दिन, बावाले सोधे आमाले सोधे चाडै आउँछ घर भन्दिनु ।’ चाडमा चाँडै घर नपुग्दा घरमा रहेका परिवार र पर्देशमा स्वयम छोराले खेप्नु परेको पीडा बोधसहितको गीत निक्कै मार्मिक छ । गुरूङ गीत मार्फत थप्छन ‘दाईले सोधे दशैंमा आशिस थाप्न आउछ भन्दिनु, बैनिले सोधे तिहारमा मखमाली उन्नु भन्दिनु ।’

    भर्खरै भिडियो सार्वजनिक भएको यो गीतको शब्द, संगीत र स्वर देव गुरुङ आफ्नै हो । काठमाडौंको आर.बी.स्टुडियोमा रेकर्ड भएको गीतको एरेञ्ज भने चन्दु गोर्खालीले गरेका छन् । दशैंतिहार जस्तो चाडमा समयमै घर नपुग्दा छिमेकी बिर्षे मार्फत खवर पाइएको सन्देश निक्कै नै मिठो भाकामा प्रस्तुत भएको छ । गीतसँग कथा मिल्ने परिवारलाई भाव विभोर बनाउन सक्छ ।

    देव गुरुङ मोरङको पथरीशनिश्चरे—१ स्थित पथरीका स्थायी बासिन्दा हुन् । उपत्यका बाहिर बसेर निक्कै लामो समयदेखि संगीतिक क्षेत्रमा निरन्तर लागिरहेका व्यक्ति हुन् गुरुङ । उहाँको ‘बिकम बारुलै’ एल्बमको गीत ‘सानोमा ढुङ्गा ओल्टाइ र पल्टाइ ठूलोलाई गल लाउला, बालखैदेखि पालेको केश बैसैमा हल्लाउला..., बोलको गीत दर्शक श्रोताले निक्कैनै रुचाएको थियो ।

    निर्माणाधिन ‘पथरीशनिश्चरे’ नगरपालिकाको नगर गीतको संगीत देव गुरुङले नै भरेका छन । अमिर राईको एल्बम ‘शन्दर्भ’को छ वटा गीतमा संगीत तथा दुई वटा शब्द उहाँकै रहेको छ । एक समय निक्कै चर्चामा आएको गायक विनोद राईको ‘माझि दाई..., बोलको गीतको शब्द÷संगित गुरूङकै रहेको छ ।
    मोरङका युवा गायकहरूको संयुक्त एल्बम ‘जमर्को’मा गुरुङले पनि गीत तथा संगीत भरेका छन् । चर्चित गायिका मेलिना राईको स्वरमा रहेको केही गीतमा संगीत भरेका गायक तथा संगीतकार गुरुङ पछिल्लो समयमा गीत÷गंगीतमा व्यस्त बन्दै गएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…