• काठमाडौं – नेपालीको प्रमुख चाड दशैंको अवसरमा नेपाल प्रहरीले उपत्यकामा तीन दिन निःशुल्क बस सेवा दिँदैछ ।

    प्रहरीले अष्टमी, नवमी र दशमी गरी तीन दिन सेवा दिन लागेको हो । प्रहरीका बस राजधानीका विभिन्न तीन रुटमा सञ्चालन हुने छन् ।

    प्रहरीले तीनै रुटमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म निःशुल्क बस सञ्चालन गर्ने प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    रुट १

    नागरिक सहायताका लागि प्रहरीले सार्वजनिक गरेको निःशुल्क बस सेवा रुट नक्सालबाट सुरु हुन्छ । नक्साल, पुतलीसडक, माइतिघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी कालिमाटी, त्रिपुरेश्वर, सहिदगेट रत्नपार्क हुँदै दरबारमार्ग पुगेर चल्छ ।

    रुट २

    नक्सालबाट छुटेको बस मैतिदेवी, गौशाला, कोटेश्वर तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै बालुवाटार फर्किन्छ ।

    रुट ३

    नक्सालबाट छुटेर रातोपुलसम्म पुग्छ। नक्साल, जयनेपाल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा, चाबहिल, गौशला हुँदै रातोपुल पुग्ने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…