• काठमाडौं। माता दुर्गाको आठौं अवतारकी देवी हुन् महागौरी। दुर्गापूजाको आठौं स्वरुप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाईन्छ। यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाईन्छ। यि देवीको उपासनाले भविष्यमा समेत पाप(सन्तापसमेत नष्ट हुने शास्त्रीय मान्यता रहेको छ।

    श्लोक, महगौरीको पूजा गर्दा निम्न श्लोक प्रयोग गरिन्छ।  श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचिः र महागौरी शुभं दद्यान्महादेवप्रमोददा र

    स्वरूप सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ। यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन्। यी देवीको मुद्रा शान्त खालको देखिन्छ। यी माताको स्वरूप गोरो वर्णको छ। यीनको सबै कपडा र गरगहना पनि सेतै छन्। बालककालमा पार्वती हुँदादेखि नै शिव पति पाउन यिनले कठोर तपस्या गरेकी थिइन्। यिनको प्रतिज्ञा थियो कि महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्छु। यस कठोर तपस्याको कारण यिनको शरीर एकदम कालो हुन पुगेको थियो। यिनको तपस्याले खुसी भएका शिवजीले यिनको शरीरलाई गंगाजलमा गएर नुहाइदिएपछि उनी गोरी भइन् र उनको नामै गौरी रहन गएको हो र यी देवीको शक्ति अमोघ छ र प्रत्यक्ष फल दिने हुन्छ। यी भगवतीको भक्ति आराधना गर्नाले भक्तजनहरूको सबै दोष नाश हुन्छ र पछिसम्म पनि बाधा आउन छोड्छ।

    पूजन विधि महाअष्टमीको दिन महिलाहरुले आफ्नो सुहागको लागि देवी माताको भक्ति गर्ने गरेका छन्। देवी गौरीको पूजाको विधान पनि पूर्ववत नै हो अर्थात् जसरी वा जुन प्रकारले सप्तमी तिथिसम्म दूर्गाको पूजा गरिन्छ उही प्रकारले अष्टमीको दिन समेत अरुदिनको जस्तै देवीको पञ्चोपचार विधिले पूजा गरिन्छ।

    महत्व माता महागौरीको ध्यान, स्मरण, पूजन र आराधना भक्तको लागि सर्वाधिक कल्याणकारी हुन्छ। हामी सदैव यिनको ध्यान गरेमात्रै सारा दुखबाट मुक्ति पाउन सक्ने शास्त्रीय मान्यता रहेको छ। यिनको कृपाले अलौकिक सिद्धि प्राप्त हुन्छ। महागौरी भक्तहरुको कष्ट अवश्य पूरा गर्छिन्। इनको उपासनाद्वारा आर्जन गर्न नसक्ने कुनै विषय नै छैन।

    उपासना पुराणमा  माता महागौरीको महिमाको प्रचुर आख्यान उल्लेख गरिएको छ। यो मनुष्य जगतमा सत्यको प्रेरित गर्दै असत्यको विनास गर्ने देवी नै महागौरी हुन्। यिनको उपासना गर्दा निम्न मन्त्रहरु पढ्नुपर्छ।

    या देवी सर्वभू‍तेषु माँ गौरी रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस्।।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…