• काठमाडौं । एचएमडी ग्लोबलले नयाँ स्मार्टफोन नोकिया ७.१ प्लस सार्वजनिक गरेको छ । मंगलबार कम्पनीले चीनमा नोकिया एक्स७ को नामबाट यो स्मार्टफोन सार्वजनिक गरेको हो । यो स्मार्टफोनमा उत्कृष्ट डिस्प्लेको साथमा भर्खरै बजारमा आएको स्न्यापड्रयागन ७१० क्वालकोम प्रोसेसरको प्रयोग गरिएको हो ।

    कम्पनीले यो स्मार्टफोनको दुई वारियन्ट पनि सार्वजनिक गरेको छ । ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज तथा ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेजसहितको दुई वारियन्टमा यो स्मार्टफोन आउन लागेको हो । यद्यपि यो स्मार्टफोन अन्य मुलुकहरुमा सार्वजनिक कहिले गरिने भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन ।

    विशेषताहरु 

    यो स्मार्टफोनमा ६.१८ इन्चको फुल एचडी डिस्प्लेको प्रयोग गरिएको छ । यसमा ४ सय जीबीसम्मको माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ । ड्युल सिमको प्रयोग गरिएको यो स्मार्टफोन एन्ड्रोइड भर्सन ८.१ मा चल्नेछ । साथै अबको केही समयमा नै यसलाई एन्ड्रोइड ९.० मा जारी गर्ने तयारी भइरहेको छ । स्मार्टफोनमा २.५ बी कर्भ ग्लासको प्रयोग गरिएको छ ।

    यसमा ड्युल रेयर क्यामेराको प्रयोग गरिएको छ । जसमा अपर्चर एफ/१.८ का साथमा १३ मेगपिक्सलको प्राइमरी र १२ मेगापिक्सलको सेकेण्डरी क्यामेराको प्रयोग गरिएको छ ।

    स्मार्टफोनमा सेल्फीका लागि २० मेगापिक्सलको क्यामेरको प्रयोग गरिएको छ । यसमा ३५०० एमएएच ब्याट्रिको प्रयोग गरिएको छ । कम्पनीले यो स्मार्टफोनले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने दाबी गरेको छ । एजेन्सी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…