• काठमाडौं। भिडियो सेयरिङ प्लेटफर्म युट्युव चल्न थालेको छ । संसारमै दोस्रो धेरै प्रयोगकर्ता भएको युट्युवमा बुधवार बिहान समस्या देखिएको थियो ।

    प्राविधिक गडबडीका कारण युट्युबमा आएको समस्या सुल्झाइ सकिएको गुगलले जनाएको छ। बिहानैदेखि युट्युब अवरुद्ध हुँदा केही घण्टा विश्वभरका करोडौं प्रयोगकर्ता प्रभावित भएका थिए ।

    संसारभरका प्रयोगकर्ताहरुले अचानक युट्युवमा समस्या आएपछि के भएको भन्दै युट्युवलाई प्रश्न गरेका थिए।

    युट्युव डाउन भएको जानकारी सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले लेखेका थिए। युट्युवले आफ्नो ट्वीटर ह्याण्डलबाट युट्युवका बारेमा गरिएको रिपोर्टका लागि धन्यवाद दिँदै आफूहरु समस्या समाधामा लागिपरेको बताएको थियो। केहि समय सेवा अवरुद्ध हुन पुगेकोमा युट्युवले क्षमा याचना पनि गरेको थियो ।

    सामाजिक सञ्जालमा प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेको छ। हालैका महिनामा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सञ्जालको पनि  सेवा अवरुद्ध भएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…