• काठमाडौं, ३१ असोज । शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ ।

    एक कार्यक्रमका लागि अमेरिका जानुभएका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन भएको उनको परिवारले जनाएको छ ।

    काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आएका उनी हाल त्यहाँ अध्यापन समेत गर्थे ।

    निधनको कारणबारे त्यहाँ थप अध्ययन भइरहेको आज उनको परिवारलाई भेट्न पुगेर फर्केका सो विश्वविद्यालयका शिक्षा सङ्कायका डीन डा. महेशनाथ पराजुलीले जानकारी दिए ।

    रामेछापको साँघुटारमा जन्मिएका उनले यसअघि नेपालका लागि रोयल नर्वेजियन राजदूतावासमा सुशासन सल्लाहकार, नेपालका लागि फिनल्याण्ड दूतावासमा कार्यक्रम संयोजक, सेभ द चिल्ड्रेनमा कार्यक्रम निर्देशक र नेपाल रेडक्रसमा कार्यक्रम संयोजक रही काम गरेका थिए ।

    राति होटलमा सुतेको अवस्थामा निधन भएको र उनको नाकबाट रगत बगेको पाइएपछि उनलाई हृदयाघात भएको अनुमान गरिएको छ । निधनबारे चिकित्सकीय अध्ययन प्रक्रिया पूरा भएपछि उनको शव अन्त्येष्टिका लागि नेपाल ल्याइने छ । उनका श्रीमती र तीन छोरा छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…