• झापा । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले समाज परिवर्तनका लागि सबैले जिम्मेवारी हुनु पर्ने बताउनु भएको छ ।
    रामनगर जेसीजले आयोजना गरेको स्वागत, शुभकामना तथा छैटौ चरणको बृक्षारोपण कार्यक्रमको बुधवार नवलपरासीको विद्यासागर प्रसिद्ध अंग्रेजी स्कुल सुनवल १२ मा उद्घाटन गर्दै अध्यक्ष बस्यालले सामाजिक परिवर्तन नभइ देश परिवर्तन नहुने बताउँदै पहिले समाज परिवर्तन हुनु पर्ने कुरामा जोड दिनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष बस्यालले साना साना कामलाई राम्ररी गर्दै जाने हो भने सफल्ता मिल्ने बताउनु भयो । रामनगर जेसीजले विगतका दिनदेखि संचालन गर्दै आएको ग्रीन प्रोजेक्ट मार्फत एक घर दुई विरुवा अभियानले निरन्तरता पाउने कुरामा आशाबादी हुँदै उहाँले आगामी नेतृत्वले समेत यसलाई निरन्तर संचालन गर्दै लैजान सुझाव दिनु भयो । जेसीजे अभियानमा रामनगर जेसीजले पुर्याएका योगदानको प्रशंसा गर्दै अध्यक्ष बस्यालले आउँदा दिनहरुमा समेत समाज परिवर्तनका लागि काम गर्न अनुरोध गर्नु भयो । साथै उहाँले सबै जेसीजकर्मीहरुलाई बडादशै, दिपावली तथा छट पर्वको शुभकामना समेत दिनु भयो ।
    वृक्षारोपणको संरक्षणका लागि विद्यासागर प्रसिद्धका संचालनक तथा विद्यालय परिवारलाई विभिन्न जातका विरुवा हस्तारन्तरण गरिएको थियो ।
    रामनर जेसीजका अध्यक्ष भोजराज चापागाईका सभापतित्वमा सम्पन्न कार्यक्रममा सुनवल १२ वडा अध्यक्ष यमलाल पाण्डे, नेपाल फुटबल अखिल संघका सहमहासचिव प्रकाश पंगेनी, सोही विद्यालयका प्रधानाध्यापक चोलाकान्त रेग्मी, विद्यालयका अध्यक्ष हरिनारायण श्रेष्ठलगायतले रामनगर जेसीजले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा साथ र सहयोग गर्दै जाने बताउनु भयो । कार्यक्रमम शाखाका पूर्व अध्यक्ष तथा शाखाका पदाधीकारीहरुको सहभागिता रहेको थियो । सुनवल नगरपालिकाको सहकार्यमा ग्रीन प्रोजेक्ट मार्फत विभिन्न कार्यक्रम गर्दै आएको यो शाखा नेपाल जेसीजबाट सेक्टेम्बर महिनामा क्षेत्र घ मै उत्कृष्ट शाखा बनेको थियो । कार्यक्रमको संयोजक उपाध्यक्ष भविश्वर चापागाई र संचालन शाखाकी महासचिव हिमा न्यौपानेले गर्नु भएका थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…