• काठमाडौं :  सुनियोजित तरिकाले फसाइएका  गणेश लामा छुटेका छन्।  सजाय भुक्तान गरिरहेका लामा सोमवार रिहा भएका हुन्।

    सोमवार उनी कैद भुक्तान गरेर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए। एसएसपी लामाले भने, '७ महिनाको कैद थियो। कैद समय भुक्तान गरेर निस्किएका हुन्।'

    गत फागुन ३० गते गौशालाको पशुपति भिजन होटलबाट सुनियोजित तरिकाले फसाइएका  लामालाई पूर्पक्षको लागि जेल चलान गरिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको इजलासले लामालाई पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको थियो।



    त्यसयता उनलाई डिल्लीबजार कारागारमा राखिएको थियो। सरकारी वकिलको कार्यालयले लामाविरुद्ध हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दामा एक वर्ष जेल सजायँ र पाँच लाख रुपैयाँ जरिवानासहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा मुद्दा बुझाएको थियो।
    लामालाई एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको थियो। लामाले भने आफ्नो पेस्तोल नभएको दाबी गर्दै आएका छन्। लामाले आफूलाई गोली हान्न आएका युवाबाट पेस्तोल खोसेको बयान प्रहरीलाई दिएका छन्।

    विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा पार्टी कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर काभ्रेबाट प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए। काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…