• भद्रपुर, १ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको स्वर्ण वर्ष स्मारिकाको विमोचन गर्नुभयो ।

    प्रम ओलीले जिल्ला समन्वय समितिको सभाहलमा स्मारिकाको विमोचन गर्नुभएको हो ।

    रेडक्रस झापाले स्वर्ण महोेत्सवका अवसरमा सो स्मारिका प्रकाशित गरेको हो । उहाँले सो कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसले समाजमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । सरकार रेडक्रससँग मिलेर काम गर्न तत्पर रहेको प्रम ओलीले बताउनुभयो ।

    स्मारिकामा रेडक्रस झापाको ५० वर्षको इतिहास समेटिएको छ । गृहजिल्ला झापामा नेपाल कम्युनिस्ट पार्टी झापाले आयोजना गरेको दशैँको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्न प्रम ओली झापा आउनुभएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…