• बर्दिया, १ कात्तिक : ठाकुरबाबा नपा–५ शाहीपुरका ६४ वर्षीय वृद्ध कुकुरा थारुलाई कथित बोक्साको आरोपमा बुधबार राति सोही ठाउँका ४० वर्षीय नैपाल थारु, ३७ वर्षीय गोपाल थारुसहित छ, सातजनाको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ ।

    गाउँघरमा सामान्य झारफुक गर्ने गरुवाका रुपमा परिचित कुकुरालाई आफ्नै गोत्र पर्ने नैपाल थारुले साँझपख घरमा बोलाएर बोक्सा भएको भन्दै कुटपिट गरेको पीडितका छोरा श्रीराम थारुले बताए ।
    श्रीरामका अनुसार नैपाल थारुले आफ्नो घरमा देउताको अगाडि अख्खो¥या (गुरुवाद्वारा मन्त्र उच्चारण गरी व्यक्तिको शरीरमा देउता चढाएर काँप्दै मादलको तालमा नाच्ने खेल) खेल्न बेलाएर लगेका थिए । गुरुवाले मन्त्र उच्चारण गर्दै अन्य व्यक्तिहरु काँप्दै नाच्न थालेको र कुकुरा नकापेपछि उनले आफूमा मन्त्र गरेर देउता पस्नबाट रोकेको भन्दै बोक्सा भएको आरोप लगाउँदै कुटपिट गरेका थिए ।

    कुकुराले वृद्ध भएका कारण अख्खो¥या खेल्न मन नलागेको भन्दै आफ्नो बचाउ गरे पनि उनीहरुले बेतको लट्ठी, मुक्काले शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका हुन् । उनको टाउकामा कुटपिटबाट घाउ बनेको छ, मुख सुन्निएको छ, कम्मर र ढाडमा लट्ठीको निलो दाम परेको छ ।
    घटनाको बारेमा इलाका प्रहरी कार्यालय भुरीगाउँमा मौखिक जानकारी गराएको र लिखित रुपमा पनि उजुरी दिन जाने पीडितका छोरा श्रीराम चौधरीले बताउनुभयो । इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक प्रदीप डिसीले घटनाका बारेमा बुझ्न प्रहरीको टोली खटिइसकेको र सत्यतथ्य भए आरोपित पक्षलाई तत्कालै कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…