• म ठूलो घरानाको त होइन तर, खाना पुग्ने परिवारमा जन्मेको हुँ । काभ्रेको तत्कालिन खहरे पाँगु गाविस हाल रोशी गाउँपालिका वडा नम्बर १ जहाँ दलित समुदायको बाहुल्यता रहेको छ । परियार र वि. क. हरूको ठूलो बस्तीमा २०३५ साल कात्तिक १३ गते म जन्मेको तामाङको छोरो हुँ । पिता पाल्साङ तामाङ राजनीति गर्नुहुन्थ्यो । २३ सालदेखि ३६ सालसम्म चलेको पञ्चायत विरोधी भूमिगत संघर्षमा सामेल हुनुहुन्थ्यो ।

    २०३६ सालको जनमत संग्रहपछि कांग्रेस छाडेर पञ्चायतलाई समर्थन गर्नुभयो । दुई पटकसम्म प्रधानपञ्च र जिल्लाको उपसभापति हुँदै ०४६ सालमा भएको जनआन्दोलन पश्चात फेरी राप्रपामा प्रवेश गर्नुभयो । अहिले कांग्रेसलाई सघाउँदै हुनुहुन्छ । मेरो पिताको आमा रञ्जु थापा क्षेत्रीसँग अन्तरजातिय विवाह भएको हो । मेरो सौभाग्य भनुँ या अवसर मैले बाल्यकालदेखि नै काठमाडौंमा अध्ययन गर्न पाएँ । २०३६ सालमै मेरो बुवाले काठमाडौंको भिमसेन गोलामा घर बनाइसक्नु भएको थियो । म काभ्रेमा जन्में तर काठमाडौंमा हुर्कें ।

    बाल्यकालमा फूटबल प्रेमी थिएँ, किपर बस्ने गर्थें । खेलाडी बन्ने सपना थियो । म निकै शालीन धेरै नबोल्ने ‘कुल’ मान्छे थिएँ । मैले काठमाडौंको कमल नेत्र छुनामुना स्कुलबाट प्रावि तहको शिक्षा लिएँ, प्रवेशिका भने कमल आदर्शबाट दोश्रो श्रेणीमा उतीर्ण गरें । त्यसपछि म पशुपति बहुमुखी क्याम्पसमा इन्टरमिरियड पढ्न भर्ना भएसँगै राजनीतिमा पनि जोडिएँ, जतिबेला माओवादी युद्ध चर्किंदै थियो । काभ्रेमा रहेको मेरो पुर्खौली घरमा आमा बस्नुहुन्थ्यो । माओवादीहरूले मेरो घर कब्जामा लिए । आमा काठमाडौंमा विस्थापित हुनुपर्यो ।

    बाबु र आमा दुवैको एउटा इच्छा थियो–‘छोरो डाक्टर, इन्जिनियर र पाइलट नै बनोस् ।’ काठमाडौंमा अध्ययनकै शिलशिलामा म राजनीतिसँग जोडिसकेको थिएँ ।


    म पशुपति बहुमुखी क्याम्पसमा इन्टरमिरियड पढ्न भर्ना भएसँगै राजनीतिमा पनि जोडिएँ, जतिबेला माओवादी युद्ध चर्किंदै थियो । काभ्रेमा रहेको मेरो पुर्खौली घरमा आमा बस्नुहुन्थ्यो । माओवादीहरूले मेरो घर कब्जामा लिए । आमा काठमाडौंमा विस्थापित हुनुपर्यो ।


    राजधानीका क्याम्पसहरूमा अत्याधिक राजनीतिक गतिविधि हुने गर्दथ्यो । पशुपति बहुमुखी क्याम्पस पनि राजनीतिबाट अछुतो थिएन । नेपाली कांग्रेस दुई भागमा विभाजित थियो – गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेस ।

    हामीले प्रजातान्त्रिक कांग्रेसलाई समर्थन ग¥यौँ । स्ववियु चुनाव आएपछि विद्यार्थी संगठनबीच ‘झैझगडा’ हुन्थे । ठूलो झगडाको शुरूवात त्रिचन्द्र क्याम्पसबाट भयो । ५७/५८ सालमा स्ववियु चुनावको समय थियो । हामी पार्टीका साथीहरूलाई सहयोग गर्न त्रिचन्द्र क्याम्पस गयौँ । त्यहाँ परिस्थिती अर्कै बनेको रहेछ । कांग्रेस संस्थापन पक्ष र एमाले निकट अखिलबीच गठबन्धन थियो । तर, हाम्रो प्रजातान्त्रिक विद्यार्थी संगठन बलियो थियो । उनीहरू मिलेर हामीमाथि आक्रमण गरे ।

    हामी निशस्त्र थियौँ उनीहरूसँग हातहतियार थियो त्यसैले घाइते भयौँ । म चाहान्थेँ विचार बोकेको आधारमा कसैमाथि आक्रमण नहोस् । तर, परिस्थिति त्यस्तो थिएन । प्रजातान्त्रिक कांग्रेस भएकै कारण साथीहरू कुटिएका थिए । मेरो पनि युवा जोस थियो । मेरा भावनाहरू थिए र साथीहरूमाथि अन्याय हुँदा सहन नसक्ने स्वभाव थियो । झैझडाहरू हुन्थे मैले साथीहरूलाई सम्झाउने गर्थेँ ।

    यस्तो स्थितीमा मेरो पढाई अगाडी बढाउन धेरै गाह्रो भयो । करिब एक वर्ष काठमाडौंको सोल्टी होटलमा सुपरभाइजरमा जागिर खाएँ । त्यहाँ व्यवस्थापनका सम्बन्धमा धेरै कुरा सिक्ने अवसर पाएँ । त्यसपछि पुर्ख्याैली सम्पत्ति लगानी गरेर व्यावसायमा हात हालें । ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएँ, आफू पनि इन्गेज भएँ । त्यसपछि तामाङकै छोरीसँग मागी विवाह गरें । व्यापारबाटै हामीले परिवार धानिरहेका थियौं तर, कोही आएर धम्काउँथे विना शुल्कमा खान खोज्थे, कसैले दबाउन खोज्थे । मैले सहेर बसेँ तर प्रायः यस्तै गर्न अाएपछि मैले नि प्रतिकार गरें ।

    म पनि २० वर्षको लक्का जवान युवा थिएँ । सायद युवा जोसकै कारणले होला अरूले हेपेको चुप लागेर हेरिबस्न सकिन्न थियो तर सकेसम्म सम्झाएर पठाउँने कोसिस गर्थेँ । सम्झाएर पनि नहुनेलार्इ हात पनि हाल्न पछि पर्दिन थिएँ । भर्खरको उमेर भएर पनि होला । तर अहिले पछिल्लो चरण म माथि केही झूटा मुद्दा लगाएर षडयन्त्र भइरहेको छ । मलाई प्रहरीले विभिन्न बहानामा पक्राउ गर्ने गरेको सबैलार्इ थाहा भएकै कुरा हो तर, प्रमाण नभेटिएपछि म रिहाइ भएँ ।

    तामाङकै छोरीसँग मागी विवाह गरें । व्यापारबाटै हामीले परिवार धानिरहेका थियौं तर, कोही आएर धम्काउँथे विना शुल्कमा खान खोज्थे, कसैले दबाउन खोज्थे । मैले सहेर बसेँ तर प्रायः यस्तै गर्न अाएपछि मैले नि प्रतिकार गरें ।


    रेष्टुरेन्ट व्यावसाय र क्रसर सञ्चालनका क्रममा मैले समाजका लागि अाफूले सकेको सहयोग पनि गरिरहेँ । समाज परिवर्तनका लागि चेतनशील नागरिक अनिवार्य उत्पादन हुनुपर्छ भन्ने लागेर सेवा गर्न मैले शिक्षा क्षेत्र रोजें । एक घरमा एउटा शिक्षित मान्छे भयो भने त्यो घर उज्यालो मात्रै हुँदैन चेतनाले भरिएको हुन्छ । माओवादी युद्धकालमै मैले काभ्रेका धेरै विद्यालयमा निशुल्क कोचिङ कक्षा चलाएको छु ।

    टेष्ट परिक्षा सकिएपछि बाँकी रहेको तीन महिना एसएलसीको तयारीको लागि विद्यार्थीले कोचिङ पढ्नु पर्दथ्यो । कयौं विद्यार्थीसँग पैसा हुँदैनथ्यो, मैले कयौं विद्यालयमा काठमाडौंबाट पैसा पठाएँ । गणेश लामाको पैसाले कुनै विद्यालयले कोचिङ चलाएको थाहा पाएमा माओवादीले त्यो स्कुल नै बन्द गरिदिन्थ्यो । तर, मैले पवित्र धारणा राखेको थिएँ । कसैले धन्यवाद देओस् वा मिडियामा आओस् भनेर होइन ।

    मेरो सहयोगबाट कोही मान्छे शिक्षित भए त्यो मेरो सफलता थियो । तर मैले सहयोग गरेको कसैलाई थाहा थिएन । धेरै स्कुललाई १० वर्षसम्म लगातार रकम पठाइरहेँ । एउटा विद्यालयबाट ३० देखि ३५ जना विद्यार्थीले एसएलसी दिन्थे, कयौं पास भए ।

    यता कयौँ झगडाहरू भइरहन्थे। झगडाको कारण हुन्थ्यो – रामेछापको एउटा गरीब भाइले काठमाडौंमा रेष्टुरेन्ट गरेर खान्छु भन्दा टोलको ट्यापेहरूले ५ वटा बियर खाइदिन्थे । त्यस्तो अवस्थामा मैले रोकेको उदाहरणहरू थुप्रै छन् । त्यस्तो ठूलो कुनै घटना भएको होइन । गलत चिजहरूलाई लिएर कहिल्यै झगडा गरेको पनि छैन ।

    मैले यसो भनिरहँदा आम पाठकहरूलाई विश्वास नलाग्न सक्छ तर, म कहिल्यै झूटो बोल्दिनँ । किनभने व्यक्तिको इतिहास उ जन्मेको समाजलाई त पक्कै थाहा हुन्छ ।

    काभ्रेमा सँगै गुच्चा खेल्ने साथीहरूलाई मेरो बारेमा पक्कै थाहा छ ।
    सञ्चार जगतले मलाई एउटा रूपमा परिचय दिएको छ– नाम वा बदनाम । मेरो इतिहास त्यो होइन जो अहिले भनिएको छ । दुनियाँले मेरो बारेमा पछाडी थाहा पाएको हो । मिडियाले मलाई ‘गुण्डा नाइके’ भनिरहेको छ । मलाई यस्तो लाग्छ कि नेपालका मिडिया हिन्दी फिल्म हेरेर मेरो बारेमा समाचार बनाउँछन् ।

    म दावाका साथ भन्छु । मैले अहिलेसम्म कसैको आँशु खाएको छैन । कसैले भनिदियोस्, गणेश लामाले कसैलाई धम्काएर हप्ता अशुली गरेर हजार रूपैयाँ लिएको छ । म त्यसको १० औं हजार रूपैयाँ तिर्न तयार छु । हुनसक्छ मैले साथीहरूको लहलहैमा लागेर फरक ट्रयाकमा हिँडेको थिएँ होला । त्यो मेरो उमेरको उपज पनि हुनसक्छ ।

    मिडियाहरू भन्छन्, गणेश लामाले अपराधको दुनियाबाट पैसा कमायो । तर, यो भनिदैन कि मैले के अपराध गरें ? के मैले ड्रग्स बेचेको हुँ ? राज्यलाई अर्बौंको घाटा पु¥याउने गरी सुन तस्करी गरें ? मैले के काम गरेर पैसा कमाइरहेको छु । मेरो रेष्टुरेन्ट व्यावसाय, क्रसर उद्योग, निर्माण कम्पनीहरू जहाँ सयौं युवाहरू रोजगारीमा छन् । रोजगारी दिनु के मेरो अपराध हो ? म अपराधमा हिजो पनि थिइनँ । आज पनि छैन र भोली पनि हुने छैन । म यस्तो स्वभावको मान्छे हुँ । कसैलाई अन्याय अत्याचार हुँदा सहयोग गर्छु तर पैसा लिएर होइन ।

    म जाँड रक्सी खाँदिन, जुवातास खेल्दिन । लागुपदार्थको एक पत्ता पनि मैले खाएको छैन । म सेन्समा काम गर्ने मान्छे हुँ । म जन्मदै गर्दा काठमाडौंमा घर बन्दै थियो । यहाँ नै हुर्किएँ र केही संस्कार पाएँ । नेपालमा रिस फेर्नका लागि मुद्दा लगाइन्छ । ममाथि सम्पत्ति शुद्धिकरणको मुद्दा छ । सायद छिट्टै छिनोफानो होला । दिपक मनाङेको क्लियर भइसक्यो । उहाँसँग रेष्टुरेन्ट सञ्चालनको दौरानमा भेट भएको हो । म उहाँलाई दाइ भन्छु । उमेरले म भाइ हो । उसलाई अब अपराधी भन्ने कि नभन्ने ?
    यो भनिदैन कि मैले के अपराध गरें ? के मैले ड्रग्स बेचेको हुँ ? राज्यलाई अर्बौंको घाटा पु¥याउने गरी सुन तस्करी गरें ? मैले के काम गरेर पैसा कमाइरहेको छु । मेरो रेष्टुरेन्ट व्यावसाय, क्रसर उद्योग, निर्माण कम्पनीहरू जहाँ सयौं युवाहरू रोजगारीमा छन् । रोजगारी दिनु के मेरो अपराध हो ?

    यहाँ थुप्रै प्रहरीका पूर्व आइजीपीहरूलाई भ्रष्टाचारको मुद्दा लागेको छ । थुप्रै मन्त्री र कर्मचारीहरू मुद्दा झेलिरहेका छन् । आफूले आफूलाई दुधले धोएको पवित्र ठान्ने मान्छेहरूलाई मुद्दा लागेको छ । एउटा एआईजीलाई बिगार्न अर्को एआइजी लागेको हुन्छ । सायद मेराविरूद्ध पनि कोही लागेको होला । म निष्ठा र इमानदारीपूर्वक व्यापार र राजनीति गर्दै गरेको युवा हुँ । मेरो पनि दिमाग छ, मैले समाज प्रति योगदान गरेको छु । म यसरी नै अघि बढ्दा केही मान्छेहरू म देखि अत्तालिएको हुनसक्छ । मलाई ‘गुण्डा नाइके’ भनेर समाचार लेख्ने केही पत्रकारसाथीहरू हाँसिहाँसी भन्छन्, ‘तपाईंको नाम जोड्ने वित्तिकै टिआरपी बढ्छ । घण्टामा लाखौंले हेर्छन् ।’ मैले उनीहरूलाई प्रश्न गर्ने गरेको छु, कसैको चरित्र हत्या गरेर आफ्नो व्यावसाय अघि बढाउँदा यसले राम्रो हुन्छ र ? म व्यापार गरेर खाने मान्छेलाई गुण्डा नाइके भनिरहन मिल्छ ? हुनसक्छ कहिलेकाँही करको दायराहरू पुरा गरिनँ होला । म माथि मुद्दा लाग्दा कर प्रणाली त्यति चुस्त थिएन ।
    मेरो पनि दिमाग छ, मैले समाज प्रति योगदान गरेको छु । म यसरी नै अघि बढ्दा केही मान्छेहरू म देखि अत्तालिएको हुनसक्छ । मलाई ‘गुण्डा नाइके’ भनेर समाचार लेख्ने केही पत्रकारसाथीहरू हाँसिहाँसी भन्छन्, ‘तपाईंको नाम जोड्ने वित्तिकै टिआरपी बढ्छ । घण्टामा लाखौंले हेर्छन् ।’

    यहाँ घडी किनेको बिल सबैले राख्दैनन् । यहाँ छुट पाउनका लागि श्रीमतीको नाममा जग्गा जोडिन्छ । २० लाखमा जग्गा किनेर १० लाख देखाएर कर बचाइन्छ । त्यो जग्गा एक वर्षमा बेच्दा एक करोडमा बेचिन्छ । अनि ८० लाख नाफा गरिन्छ । यो रकम ड्रग्स बेचेको भन्दा बढी कमाई हो । त्यसको स्रोत खोजी किन हुँदैन ? राज्यसँग के नीति छ ? अर्को कुरा हामी बाँचेको संसारमा सर्वगुणले भरिपूर्ण र कमजोरी नभएका मान्छे हुँदैनन् । गौतम बुद्धका पनि कुरा काट्ने मानिसहरू थिए । राम भगवान रामको पनि कुरा काट्नेहरू छन् । बिन लादेनलाई विश्वले अपराधी मानिरहँदा एउटा जात र समुदायले ‘हाम्रो मुक्तिको लागि लड्ने’ भगवान भनिरहेको छ ।

    तपाई काभ्रे जानुस् मैले गरेको समाजसेवाको प्रभाव देख्नुहुन्छ । चाहे भूकम्पको बेला होस् या त्योभन्दा अघिको समय मैले निकै सहयोग गर्न पाएँ । २०७० को निर्वाचनमा मैले काभ्रेबाट चुनाव लडें । त्यस बखत ६ हजार भोट ल्याएँ । त्यो भोट त्यसै आएको थिएन । मरो समाजसेवाको परिणाम थियो । मेरो चुनावी अनुभवले बताउँछ – रगत माग्नुस् २ पौण्ड रगत दिन तयार हुन्छन्, पैसा दिन तयार हुन्छन् तर भोट दिन तयार हुँदैन । भोट मान्छेको मन र विश्वास जितेर लिनुपर्छ ।

    चुनाव लड्न १० जनालाई मैले नमस्कार गर्न जान्नु पर्छ । म १० जनाको नमस्कार खान लायक म बन्नुपर्छ । त्यत्तिकै नेता त हुँदैन, गाली सहनु सक्नुपर्छ । मैले जीवनमा धेरैको गाली सुनेको छु । मेरा पछाडी कुरा काट्नेहरू पनि धेरै छन् । काठमाडौंको बजारले मलाई एउटा ढंगले चिन्छ । तर, मेरो गाउँमा त्यस्तो छैन । मैले ढोग्नुपर्ने मामा भन्नुपर्ने काका भन्नुपर्नेहरू धेरै छन् । यो ठूलो डन हो भनेर मलाई गाली गर्दैनन्, नेता भनेर गाली गर्छन् ।

    मैले गुण्डागर्दी नगर्दा पनि सञ्चार जगतले ममाथि दुष्प्रचार गरिरहेको छ । जसले मेरो परिवार र सन्तानप्रति निकै नकारात्मक असर समेत देखिएको छ । म एउटा घटना सुनाउँछु । म कान्तिपुर र नागरिक दैनिकको नियमित ग्राहक थिएँ । छोरो ६ वर्षको थियो । ‘डन’ गणेश लामा भनेर कान्तिपुरमा छापिएको रहेछ ।

    छोराले त्यो तस्विर देखेपछि पत्रिका घिसार्दै ल्यायो र भन्यो,‘बाबा‘बाबा.. तपाईंको फोटो रहेछ, ।’ त्यतिबेला मेरो आँखाभरी आँशु भयो । त्यो दिनदेखि म पत्रिकाको ग्राहक बन्न सकिनँ । विहान उठेर पत्रिका पढ्दा सँधै झस्किन्थें ।



    जतिबेला हामीले नेपाली कांग्रेससँग पार्टी एकता ग¥ याै । त्यो समय पार्टी एकीकरणलाई होइन मेरो तस्विरलाई महत्व दिइयो । पार्टी प्रवेशमा मलाई ‘डन’ भनेर जोडियो । यसले नेपालको पत्रकारीताको दरिद्रता देखाउँछ । प्रिय पत्रकार मित्रहरूले सक्नुहुन्छ भने चुरोट खाएको मान्छेलाई छुटाउनुस् धर्म हुन्छ । ड्रग्स खाएको मान्छेलाई मुक्त गर्नुस् त्यहाँ तपाईंको पत्रकारीताको अर्थ रहन्छ ।

    मान्नुस् कि म हिँजो झगडिया थिएँ, गुण्डा थिएँ तर, मैले कानुन अनुसार सजाय भोगेर समाजमा सेवा गर्छु, सुध्रन्छु भन्न पाउँदिन ? कतिपय नेताहरू ठूला क्राइमबाट आएका छन् तर, मेरो त्यस्तो इतिहास पनि त होइन । मिडिया वा प्रशासनले कस्तो समाज चाहेको छ । ड्रग्स खाएर सुध्रेको मान्छे फेरी ड्रग्स नै खाइरहोस् भन्ने चाहान्छ ? छोराले त्यो तस्विर देखेपछि पत्रिका घिसार्दै ल्यायो र भन्यो,‘बाबा‘बाबा.. तपाईंको फोटो रहेछ, ।’ त्यतिबेला मेरो आँखाभरी आँशु भयो । त्यो दिनदेखि म पत्रिकाको ग्राहक बन्न सकिनँ । विहान उठेर पत्रिका पढ्दा सँधै झस्किन्थें ।

    म सुध्रिन्छु । राम्रो काम गर्छु भनिरहेको छु । तर, मलाई जबरजस्ती ‘तँ अपराधी नै होस्’ त अपराधकै बाटोमा हिँड भनियो भने मैले देश छोडेर जानुपर्छ । अनि मेरो छोराले रोडमा मागेर खानुपर्दैन ? मेरी श्रीमतीले आफ्नो पेट पाल्न गलत बाटो लाग्नुपर्छ । मेरो बाबु आमाको मुख हेर्न पाउँदिन भने मान्छे जन्मिएपछि एक पटक अवश्य मर्नैपर्छ । त्यो मान्छेले दिमागमा अपराध नै गर्न चाह्यो भने आतंक त फैलाउन सक्छ । के प्रहरीले यही गराउन खोजेको हो त ? यसको विरोधमा बोल्ने की नबोल्ने ? विमानस्थलमा जाँदै गर्दा कहिले काहीँ भर्खर युवावस्थामा प्रवेश गरेका केटाहरू खुरूरू दौडेर आउँछन् र ‘दाइ एउटा फोटा खिचाउँछु’ भन्छन् । उनीहरू मलाई ठूलो मोडल वा एक्टर भनेर फोटो खिच्न आएका होइनन् । न त नेता भनेर नै आएको हो । ‘डन गणेश दाइ भनेर फोटो खिच्न आएका हुन् । फोटो खिच्नका लागि उभिँदै गर्दा मेरो आत्मा रून्छ । मलाई निकै नमजा लाग्छ । मन पोलिरहेको हुन्छ । म दुई हात जोडेर भन्छु म ‘डन गुण्डा’ होइन । मैले कसैलाई अन्याय पर्दा मैले सहयोग गरेकै हुँ । तर हामीले पेसा नै अपनाएर गुण्डागर्दी गरेको होइन । मिडियाले गणेश लामाले अपराधको बाटोबाट पैसा कमायो भनिरहँदा देश गरीबीको चपेटामा छ । काभ्रेको एउटा कुना, झापा वा सुनसरीबाट आएको बेरोजगार युवा २५ सय रूपैयाँको लागि वेटर काम गर्न खोजी हिँड्छकी ३ सय रूपैयाँको खुकुरी बोकेर धनी बन्न हिँड्छ ? अपराध समाजको जगद्वरा निर्धारण हुन्छ । अपराधको जड के हो ? किन बढिरहेको छ देशमा अपराध ? हामीसँग राज्यले बुझोस् हामी सहयोग गर्न तयार छौँ । हामी काउन्सेलिङ गर्न पनि तयार छौँ ।

    अपराधको ठूलो कारक बेरोजगारी हो । अपराधको जड गरिबी हो । कोही पनि मान्छे आमाको कोखबाट जन्मनु अघि ‘चोर’ बन्छु भनेर जन्मिदैन । जब उ जन्मिन्छ । उ बाँचेको समाजले बाध्यताहरू सृजना गरेको हुन्छ । एक पेट खान र एक सरो लगाउनका लागि मान्छे चोरी गर्न बाध्य छ । चोरी गरेर खाने मान्छेको समयको अन्तरालसँगै चोरी आदत बनिदिन्छ ।
    राज्यले नै यो बारेमा सोच्नुपर्छ । तर, म नेता हुँ । जनताको सेवा नै मेरो धर्म हो । एउटा गरिब परिवारको मान्छे अभावहरू पूर्ति गर्न मलेसिया जान्छ । उसले गाउँमा रहेकी आफ्नो बुढी आमाको एक तोला सुन, बाख्रा, भैँसी वा कुखुरा समेत बन्दकी राखेर चर्को ब्याजमा ऋण लिएको हुन्छ । तर, यहाँका मेनपावरका दलालहरूले उसले चर्को ब्याजमा लिएको एक डेढलाख पैसा पनि लुट्छन् ।

    काभ्रेको एउटा कुना, झापा वा सुनसरीबाट आएको बेरोजगार युवा २५ सय रूपैयाँको लागि वेटर काम गर्न खोजी हिँड्छकी ३ सय रूपैयाँको खुकुरी बोकेर धनी बन्न हिँड्छ ? अपराध समाजको जगद्वरा निर्धारण हुन्छ । अपराधको जड के हो ? किन बढिरहेको छ देशमा अपराध ? हामीसँग राज्यले बुझोस् हामी सहयोग गर्न तयार छौँ । हामी काउन्सेलिङ गर्न पनि तयार छौँ ।


    झूटो प्रलोभनमा पार्छन् र खाडी मुलुकमा एक हजार तलबको प्रलोभन देखाउँछन् र ५ सय पनि दिँदैनन् । यस्ता कयौँ अन्यायमा परेका पीडितहरू मलाई भेट्न आउनु हुन्छ । आफ्नो पार्टीको परिचय सहित उनीहरूलाई फोन गरेर भनेको छु,‘गरिबको पैसा नखानुस् ।’ जसले गरीबको पैसा खान्छ त्यो अवस्थामा मलाई निकै आक्रोश पनि हुन्छ । काठमाडौंमा नयाँ एसएसपी आउने वित्तिकै चक्रे मिलन समातिए । तर, उनलाई कुन मुद्दामा समातेका हो ? २४ दिन सार्वजनिक मुद्दामा राखेर छाडियो । त्यो नै समाधान हो त ? अहिले अपराधमा हिँडिरहेका मनोज पुन र समिर बस्नेत भनिने केटाहरू कुमार घैंटे मारिएपछि भागेका हुन् ।

    घटनाहरू घटिरहेका छन्, केही समयअघि शरद गौचनलाई गोली हानियो । प्रहरीलाई धम्की आयो,‘गोली हान्ने हामी हौँ,’ कतिपय माननीय जस्ता व्यक्तिलाई समेत फोन गरेर ‘यति पैसा नपठाए तेरो पालो हो’ समेत भनियो । त्यो हो आपराधीक लाइन । उनीहरूको पेसा नै त्यो हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…