• बैगुन्धुरा।। झापाको गौरादह वडा नम्बर ९ बैगुन्धुरा स्थित चादनी चोक निवासी मृगौला पीडित बिरामि बोधराज खनाललाइ सामाजिक सन्जाल चिनारी दर्शन बाट सहयोग स्वरुप उठेको जम्मा रकम २५ हजार रुपैया चिनारी दर्शन सन्चालक राजु निरौलाले एक कार्यक्रम बिच आज हस्तान्तरण गर्नु भएको छ । गौरिगन्ज गाउपालिका०१ निवासी सहयोगि ब्याक्तित्व रमेश सिटौलाले नगद पन्ध्र हजार ,गौरिगन्ज गाउपालिका ०१ हाल दमकका स्थायी बासिन्दा मोहन पौडेल ले प्रदान गर्नुभएको नगद पाच हजार ,गौरिगन्ज गाउपालिका ०१ चौरी निवासी हाल करफोक मा बि का शिक्षक दिनराज निरौलाले प्रदान गर्नुभएको नगद पाच हजार गरि कुल जम्मा पचिस हजार हस्तान्तरण गरिएको हो। गौरादह वाड न ९ का सामाजिक ब्याक्तित्व रघुनाथ निरौला, स्थानीय शिक्षक भरत गौतम, राजनितिकर्मी जागिराम अधिकारी ,शिक्षक भरत गौतम लगाएतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।

     

    बैगुन्धुराका बोधराज खनालको दुवै मृगौला खराव रहेको समाचार सार्वजनिक भएपछि उहाँको उपचारका निम्ति सामाजिक सन्जाल चिनारी दर्शन मार्फत अहिलेसम्म संकलन गरिएको उक्त रकम हस्तान्तरण गरिएको हो । सामाजिक सन्जाल चिनारी दर्शनको सक्रियतामा खनाल लाई यो भन्दा अघि पनि नगद पचिस हजार एक सय रुपैयाँ हस्तान्तरण गरिएको थियो।। सामाजिक सञ्जालको सदुपयोग बाट निरौलाले सामाजिक छेत्रमा महत्वपूर्ण कामहरु गर्दै आउनु भएको छ । उहाँले गरिब दिन दुखी, अशक्त र बिरामी हरुलाइ सहयोग रकम जुटाउनुका सथै बिभिन्न ठाउँमा मन्दिर निर्माणको लागी सहयोग संकलन गर्नु कासाथै सामाजिक सञ्जाल मार्पmत बिभिन्न समाचारहरुको जानकारी दिँदै आउनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…