• ओम आचार्य

    ग्रहण मा अधि जोड़िए पछी 'अधिग्रहण 'र यो सव्दले आफ्नो स्वामित्वमा रहेका कुनै पनि वस्तु सरकारले ग्रहण गर्न सक्छ, त्यस्तै नायक मा अधि जोडिएपछी ' अधिनायक 'यस्ले पनि त्यस्तै अर्थ दिन्छ सवै क्षेत्रमा राजनीति मा , अर्थनीतिमा , शिक्षानीतिमा , संचार नीतिमा अरु सवैको नायकतत्व हरण गरेर आफैले नायकतत्व ग्रहण गर्नु नै अधिनायक भनिन्छ यस्लाइ सर्वसत्तावाद भनेर वुज्दा पनि हुन्छ ।
    अहिलेको वर्तमान ओलि सरकार यही वाटोमा अग्रसर हुदैछन, उन्को यो पथले राष्ट्र मा अस्तव्यस्तता लाइ निम्तो दिन्छ र यस्को नतिजा अर्थात भोली ओलि पथले आफु र आफ्नो सरकार स्थापित गर्नु भन्दा पनि अर्कै सक्तिलाइ स्थापित गर्ने मार्गप्रसस्त गर्दै छन जस्तो देखिन्दैछ।

    अहिलेको ने क पा को सरकार को अधिनायकवाद, सर्वसत्तावाद ,प्रवृती ले राजशाही व्यवस्था लाइ समेत विर्साउने गरि आफ्नो नेतृत्वको सरकार को परिचय को स्वरुप वनाउदैछन । सुर्खेत मा नेपाली कांग्रेसको पाटी कार्यलयमा प्रहरी पसेर गरेको धरपकड़ जंगली साशनको नमुना पेस गरेका छन भने अर्को तिर नेपाल टेलिविज़न को 'सिधा कुरा 'मा आफ्नो अनुकुलको कार्यक्रम नभएकोले कार्यक्रममै वन्द गरे, यस्ले विचार र अभिव्यक्ति को स्वतन्त्रता माथि ने क पा को संचार क्षेत्र र प्रकाशन क्षेत्रमा कव्जा गर्ने कम्युनिष्ट मुल प्रकृती कों आवरण अनावृत भएको छ ।

    त्यस्तै आफ्नै पाटी वाट प्रतिनिधी सभामा निर्वाचित भएर गएका सासदहरुले वजेटका केही शिर्षकमा असहमती जाहेर गर्दै मन्त्री सम्मले राज्नीमा दिनु पर्छ भनेर भनिरहदा पाटी अध्यक्ष समेत रहेका प्रधान मन्त्रीले आफ्ना सांसदहरुलाइ असहमत भएका वुदाहरु संसद मा हैन पाटीमा राख्नुस भनेर निर्देशन दिदा यस वाट सम्पुर्ण जनताको सार्वजनिक सरोकारको विसय मा ,प्रसंगमा सुसुचित हुने अधिकार हनन भएकोछ, वन्देज भएकोछ, जनतालाइ अध्यारोमै राख्न खोजेको छ । गणतन्त्र भित्रको लोकतन्त्रको आवरण मा प्रस्तुत भइरहेको अधिनायकवाद विपक्षीदल , विपक्षी पाटी मा मात्रै हैन आफ्नै पाटीबाट राखेका कुरा अनुकुल नहुदा , अथवा अध्यक्ष एवं प्रधान मन्त्रीलाइ प्रतिकुल लाग्यो भने आफ्नै सहयात्री मा पनि अधिनायक देखाउछन भन्ने कुरा को प्रमाण 'संसदमा हैन पाटीमा राख्नुस' भन्ने कुरा लाइ लिन सकिन्छ।

    त्यती मात्रै हैन भोली संचार जगत र त्यसमा आवध्द पत्रकार संवाददाताहरु पनि वर्तमान सरकारको प्रिर्ति लायक भएन भने , ने क पा को सरकार को अनुकुलमा प्रस्तुत भएनन भने , उनिहरुको अधिनायकको प्रतिवाद गरे भने भोली यो क्षेत्र पनि कव्जा हुन सक्छ यस्को संकेत को रुपमा 'सिधा कुरा 'लाइ लिन सकिन्छ।
    राजनीतिमा सक्ती को वासना पाल्ने मानिस भौतिक वासना पाल्ने भन्दा धैरै नै ज़्यादा खतरनाक , क्रुर , हिंसक र स्वार्थी हुन्छन , यिनिहरु लाइ मात्रै सक्ती चाहिन्छ , सक्ती , र महान तथाकथित नेता वन्न चाहान्ंछन सहज वहुमत हुदा हुदै अन्य राजनीतिक दललाइ समेत मन्त्रिमण्डलमा समावेश गरेर दुइ तिहाई मत पुर्याउनु नै सक्ति वासनाको प्रमाण हो र यस्तो वासना पाल्ने राजनीतिक पाटी को यस संसार मा कालान्तारमा पतन भएको पनि देखिएको छ। यिनिहरुमा कस्तो भावनाना हुन्छ भने सवै हामीहरुको अगाडी शिर झुकाउन , मलाइ राष्ट्रनायक घोषित गरुन , यस्तै यस्तै विकृत मानसिकता राजनीतिमा सक्ती वासना पाल्ने शासकमा देख्न पाइन्छ ।

    अर्को तर्फ संविधानमा भएको व्यवस्था अनुसार संसदमा र प्रदेस सभामा सभामुख र उपसभामुख यौटै पाटीको रहने व्यवस्था छैन , ए मा ले र माओवादी एकिकरण पुर्व त ठिक्कै थियो एकिकरण पस्चात यौटै पाटी रहेको हुदा एक पद छाडनु पर्ने संवैधानिक व्यवस्था वमोजीम त्यो नछाड्ने तर्क जसरी आइरहेछ त्यो संविधानको भावना विपरित प्रस्तुत त भएको त देखिएकै छ तर मुल कुरा चै ने क पाटी को सक्ती वासना नै हो र यस्तो वासना अव सर्वत्र देखिन्दै जानेछ जुन कुरा लोकतन्त्रको लागी ख़तरा को संकेत हो ।

    सरकार प्रमुख हुनेले राजदण्ड को प्रयोग गर्छ तर त्यो सक्ती वासना पाल्ने ले चै राजदण्ड गलत ठाउमा प्रयोग गर्छन र तै हुनाले नै तुलसीदास लाइ अकवरले कैद गरे , मुग़लहरुवाट शिखका दश गुरु ले पनि राजदण्ड झेले , रोमन साम्राज्यमा पनि एकजनालाइ सुलिमा वाधेर राजदण्ड सुनाइ सुलिमा लटकाइयो , नेलशन मण्डेला ले पनि राजदण्ड झेले र पुरै ज़िन्दगी जेलमा विताए , चिनमा नै नवेल पुरस्कार प्राप्त गरेका मानिसहरु राजदण्ड कै कारण सम्पुर्ण जीवन कारागारमा विताउनु पर्यो ।

    अहिले प्रधानमंत्री के पी ओलीलेमा यै सक्ती वासना पलाएको र पाल्दै गरेको देखिन्छ र यै राजदण्डको भय डर र त्रास देखाएर विपक्षी दलका नेताहरुलाइ निस्तेज गर्न खोजिन्दै छ , अहिले यै राजदण्ड कै वल वुतामा आफ्नो राज्यसत्ता संचालन गर्न लागिपरेका छन । र यस्तो अवस्थामा न्याय कानुन अर्थात कानुनी राज्य त्यो राजदण्डसंग हार्दै जान्छ ।
    प्रधान मन्त्रीमा सक्ती वासना छ र त्यो वासनाको उदाहरण प्रधान मन्त्री को कार्यलयमा गृहको गुप्तचर विभाग , अर्थको राजस्व अनुसन्धान विभाग लगायतका विभागहरु राख्नु सक्ती वासनाको प्रमाण हो । र यि सवै सक्तीको भोंक हो वासना हो यस्तो भोंक र वासना पाल्ने मानिस कहिल्यै तृप्त हुदैनन।तृप्त हुन्छन त राजदण्ड प्रयोगवाट।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…