• पथरीशनिश्चरे, कार्तिक ५

    कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले दशैं तिहार तथा छैठको शुभकामना आदानप्रदान सहित आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ मा ४ दिने कार्यक्रम तय गर्नुभएको छ ।

    नेपाल कम्यूनिष्ट पार्टीका तर्फबाट मोरङ ३ का प्रतिनिधिसभा सदस्य ढकालले आफु मन्त्री भएपछि तेस्रो पटक आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा आजदेखि कार्तिक ८ गतेसम्म कार्यक्रममा सहभागि हुनुहुने भएको हो ।

    मन्त्री ढकालले आज बेलुका बेलबारीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि हुनुहुने पार्टीका युवा नेता रविन थापाले जनाउनु भएको छ । अन्य कार्यक्रमहरु भनें सवै जनताहरुसंग भेटघाट, शुभकामना आदान प्रदान तथा क्षेत्रका योजनाका बारेमा सुझाव समेत माग्ने विषयमा केन्द्रीत रहेको थापाले उल्लेख गर्नुभएको छ ।

    ६ गते विहानैदेखि दिउँसो १ बजेसम्म पथरीशनिश्चरे, दिउँसो कानेपोखरीमा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि बन्नुहुनेछ । ७ गते बेलबारीका २ वटा कार्यक्रम तथा सुन्दरहरैंचाको विराटचोकमा युवा स्वरोजगार कार्यक्रमका सन्दर्भमा उहाँको सहभागिता रहने छ ।

    ८ गते सुन्दरहरैंचाका विभिन्न कार्यक्रममा सहभागि भई उहाँ सोही दिन काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…