• पथरी/ मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रका तीन ठुला हत्याको घटना वर्षौ बित्दा पनिप्रहरीले पत्त्ता लगाउन सकेको छैन ।

    घटनाको पीडित पक्षहरुले पटक–पटक इलाका प्रहरीकार्यालय पथरीमा घटनाको ध्यान आकर्षण गराएपनि प्रहरीले कुरो नसुनेको पीडित पक्षले बताउँर्दै आएका छन् ।

    इप्रकामा पुराना प्रमुख गएपछि नयाँ आएका इप्रका प्रमुखले घटनाको फायल नहेरिदिदा हत्याका घटना त्यतिकै सेलाउँर्दै आएका छन् ।  २०७४ साल असोज ४ गते राति करिव १ बजे एउटै परिवारका चार जना व्यक्तिको हत्या भएको थियो ।

    दुई तले काठको ठुलो घरमा माथील्लो तलामा सुतिरहेको बेला कसैले योजना बुनेर घरमा आगो लगाएर ४ जना घरका सदस्यको हत्या गरेको पीडित परिवारले जनाउँर्दै आएको छ ।

    घट्नामा ८६  वर्षिय आमा गंगामाया राई, गंगामायाको ५६ वर्षिय छोरा चन्द्रकुमार राई, ५० वर्षिय बुहारी पार्वता राई र ४५ वर्षिय छोरी विष्णुकुमारी राई तामाङको संकास्पद हत्या भएको थियो ।

    मृतक गंगामायाको अर्को छोरा र बहिनी इन्दिरा राई काठमाडौं बस्दै आएका थिए ।

    मृतक चन्द्रकुमारको एक छोरा र एक छोरी अध्ययनको लागि काठमाडौँ नै बस्दै थिए । गंगामायाको छोरी विष्णुकुमारी त्यही दिन आमा र दाजु भाउजु भेट्न कानेपोखरी–३, हरकपुर मुलघरमा आएका थिए । माइत आएकै दिन जल्नु आगो लगाउनु संकास्पद रहेको स्थानीयहरुको बुझाई थियो ।

    घटनामा दमकल आइपुग्दा करिव डेढ करोडको धनसम्पति जलिसकेको थियो । सम्पति त जल्यो जल्यो चार जनाको केही शव आधा र केहीको थोरैमात्र जलेको अवस्थामा रगताम्य भेटिएको थियो ।

    पीडित परिवारले पारिवारिक कलह, धनसम्पतिको लोभ लालचमा षड्यान्त्र र सुनियोजित रूपमा चार जनाको हत्या भएको दावी गर्दै आएको छ ।घटना दुर्घट्ना, भाव्यतब्य वा आफै भएको मान्न तयार छैनन् पीडित परिवार ।

    प्रहरीले प्रभावकारी अनुसन्धान गरे अपराधी उम्कन नसक्ने पीडित परिवारले बताउँदै आएको छ ।

    यस घटनालाई इस्पेक्टर राजन कार्कीले अनुसन्धान गरिरहेको थियो । अनुसन्धान ८० प्रतिशत सकिएको जनाएको केहिदिन मै कार्कीको इलाका प्रहरी कार्यालय इटहरीमा सरुवा भएको थियो । इप्रका पथरीमा प्रमुख भएर भखरै सरुवा भएर आएका कमल बंजगाईलाई घटना प्रति खासै चासो दिएको देखिन्दैन ।

    त्यसैगरी अर्का ठुलो घटना २०७३ साल बैशाख ३१ गते राती ८ बजे कानेपोखरी –२, स्थीत केरौन चौकको २९ वर्षिय अमृत लिम्बूको हत्या भएको थियो ।

    चिउरा मिलछेउको होटल अगाडी कानेपोखरी–रंगेली सडकमा तीन वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले हेल्मेटले लिम्बूको टाउँकोको बिभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका थिए ।

    हत्या गर्नेले गाउँलेलाई धम्की दिएपछि घटना पछि गाउँका सबैजना तै चुप मै चुप भएका थिए । हत्या गर्नेकै समूहको दवावमा मृतक परिवारलाई बिभिन्न डर देखाई भोलि पल्ट दिउँसो पोष्टमाटम नै नगरी घर देखि लगभग ३ किलोमिटर पश्चिम चिसाङ खोलामा गाडेका थिए ।

    मृतक अमृतलाई खोलामा लादा डरले गाउँका कसै पनि मलामी गएनन् ।

    ६,७ जनाको समूहले गएर बगरमा पुरेका थिए । गोप्यरुपमा छिमेकीहरुले हत्या भएको कुरा इलाका प्रहरी कार्यालय पथरीमा जानकारी गराउँदा समेत प्रहरी आएनन् । त्यस बेला इप्रका पथरीमा इस्पेक्टर रमेश बस्नेत थिए ।

    इप्रकाले नसुने पछि केहि व्यक्तिले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि हत्या भएको १० दिन पछि मृतक अमृतको लास गाडेको ठाउँबाट कुहिएको अवस्थामा निकालियो ।त्यस पछि पोष्टमार्टम गर्न लगियो । पोष्टमार्टम पछि मृतक परिवारले कानेपोखरी–५ र राधानाघरका ५ जनाको नाम किटानी जाहेरी दिएका थिए ।

    प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान पछि छोडेका थिए ।

    इस्पेक्टर बस्नेतले हत्यामा संम्लग्न व्यक्ति फरार रहेको भन्र्दै पक्राउ परेका व्यक्तिहरुलाई छाडेका थिए । मृतक अमृतको आमा मात्र छन् । आमा पनि दिदिको घरमा बस्दै आएका छन् ।

    उनिले छोराको हत्याराहरुलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै बिलौना गर्छिन् ।

    इस्पेक्टर बस्नेत त्यस पछि सरुवा भएर डिएपीमा बढुवा भएका छन् । त्यसैगरी २०६९ सालमा लगभग ३० वर्षिय एक महिलालाई कानेपोखरी–७, स्थीत कानेपोखरी–रंगेली सडकमा ल्याएर हत्या गरेका थिए ।

    कानेपोखरी चौक देखि २ किलोमिटर दक्षिण सडक छेउमा हत्या गरी फ्याकेका थिए । महिलाको शरिरमा कुर्था मात्र लगाएको,सुरुवाल नभएको र पेन्टी ५ फिट टाढा फ्याकिएको अवस्थामा बिहान दाउरा लिन जाने स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले बिहान टाउँकोमा ठुलो ढुङ्गाले किचाएर अनुहार नै नचिनिने बनाएको थियो । लुगा बाहेका पहिचान खुल्ने केहि पनि नभेटिए पछि महिलाको पहिचान खुल्न सकेन ।

    उति बेला इप्रका पथरीमा इस्पेक्टर केशब भट्टराई थिए । उनका अनुसार यस क्षेत्रको महिला नभएको र कतैबाट मारेर कसैले यहाँ ल्याएर फ्याकिएको हुन सक्ने बताएका थिए ।

    त्यसैगरी २०६९साल असोज ९ गते राती ८ बजे कानेपोखरी–२, केरौनको नहर चौकको पसलमा कानेपोखरी–२, को २४ बर्षीय मुकेश माझीलाई छिमेकी लिला ठकुरी साहीले धारीलो हतियार प्रहार गरी हत्या गरेका थिए । घटनामा संम्लग्न लिला ठकुरी फरार रहेका थिए । फरार ठकुरी जिल्ला अदालतमा २०७४ माघमा हाजिर भएका थिए । उतिखेर सोहि घटनामा संम्लग्न अन्य गणेश चौधरी,सतिस वस्नेत,शंकर चौधरी र दिनेश राजवंशीलाई अदालतले सादा तारिखमा छाडेका थिए । ठकुरीलाई सेटिङ मिलाएर अदालतमा हाजिर गराएको सजाय कम बनाएको मृतकका बाबु मेघनाथ मुखियाले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…