• ताप्लेजुङ/गाईले बाली खाएको निहुँमा विवाद हुँदा छिमेकीको कुटपिटबाट ताप्लेजुङमा एकजनाको ज्यान गएको छ । शनिवार जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवामा छिमेकीको कुटाईबाट एक जनाको मृत्यु भएको हो ।

    शनिबार राति कुटपिटबाट गम्भिर घाइते ३५ वर्षिय प्रताप लिम्बुको उपचारका लागि सदरमुकामतर्फ ल्याउने क्रममा बाटैमा मुत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाका अनुसार गाउँका २–३ जनाको समुहले मदिरा सेवन गरि लिम्बुलाई कुटपिट गरेका थिए ।

    उपचारका लागि साँवाकै लामाचौतारा भन्ने ठाउँमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । लिम्बुको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याइदै गरिएको र घटनामा संलग्नको खोजी भइरहेको थापाले बताए ।

    ‘उक्त स्थानमा फोन सम्पर्क र प्रहरीकै सेटमा पनि सम्पर्क हुन नसक्दा घटनाको बारेमा विस्तृत जानकारी आइसकेको छैन,’ उनले भने, ‘प्रहरी टोली फर्किसकेपछि थप विवरण थाहा हुन्छ ।’

    नेपाल टेलिकमको स्काई फोनमा समस्या आएको र साँवामा स्काई मात्रै टिप्ने भएकाले घटनाबारे ढिलो जानकारी आएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…