• कार्तिक ५, काठमाडाैं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल प्रज्ञा–प्रतिष्ठान)ले ‘नेपाली आमाको घर’लाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

    कालिकोट नजिकैको घट्टेखोला किनारमा बडेमानको ढुंगाको ओडारलाई घर बनाएर बसोबास गर्दै आएकी ७२ वर्षीया गंगामाया पुलामी मगरलाई नगद पाँच हजार पाँच सय आर्थिक सहयोग गर्ने भएको हो ।

    पतिसहित दुई छोरा, दुई छोरी, नाति–नातिना तथा पनातिकी धनी गंगामाया विगत दश वर्षदेखि सपरिवार उक्त ओढारमा बस्दै आएकी छन् । उनको जीवनयापनमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त आर्थिक सहयोग गर्ने निर्णय गरिएको संगठनका अध्यक्ष धनबहादुर कार्कीले बताए ।

    कार्कीका अनुसार संगठनद्वारा दशैँ तथा तिहारको उपलक्ष्यमा संगठद्वारा सञ्चालित ‘दशैँ उपहार चिठ्ठा’ कार्यक्रमबाट बचत भएको रकम सहयोग गर्ने निर्णय गरिएको हो ।

    कार्कीले उक्त सहयोग बुझिदिनका लागि ती आमाका आफन्त तथा चिनजानका व्यक्तिले आफ्नोे मोबाइल नम्बर ९८४९३०२२५७ मा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…