• काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले भक्तपुर चाँगुनारायण नगरपालिका–७ स्थित मानव कल्याण समाजलाई व्यक्तिगत रुपमा रु २० हजार नगदसहित कम्मल प्रदान गर्नुभएको छ ।

    दशैँका उपलक्ष्यमा वृद्धवृद्धा तथा बालबालिकालाई टीका लगाइदिँदै उहाँले सो सहयोग प्रदान गर्नुभएको छ ।

    समाजले सडकका मानिसलाई गाँस, बास, कपासलगायत व्यवस्था गर्दै बालबालिका तथा वृद्धवृद्धाको जीवन जिउने थलोका रुपमा कार्य गर्दै आइरहेको छ ।

    सो अवसरमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता बस्नेतले भक्तपुरमा सडक मानिसको अन्त्य गराउने अभियानमा मानव कल्याण समाजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

    आफन्त, घरबारविहीन बालबालिका, वृद्धवृद्धा, अपाङ्ग र असहायको जीवन सहाराका रुपमा स्थापित उक्त समाजले आगामी दिनमा भक्तपुरमा मात्र नभई देशभर सञ्जाल विस्तार गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    समाजमा ४५ जना वृद्धवद्धा रहेकामा अहिले २५ जना बसोबास गरिरहेका छन् । बाँकी २० जनालाई उनीहरुको आफन्तलाई जिम्मा लगाइएको समाजका अध्यक्ष सुमित्रा चौलागाईंले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…