• काठमाडौं । पाँचौं पुस्ताको इन्टरनेट ५ जी आएसँगै इन्टरनेटको गति अत्यधिक रहने विवरणहरु आइसकेका छन् । यो इन्टरनेटको सन् २०१९ देखि विश्वका केही मुलुकहरुमा परीक्षण पनि सुरु हुनेछ ।

    ५जीले इन्टरनेटको गति मात्र नभई समग्र प्रविधिको क्षेत्रमा क्रान्ति ल्याउनेछ । यस्तोमा लाखौं डिभाइसहरु एक अर्काको सम्पर्कमा रहनेछन् । यस्तोमा यो प्रविधिले मानिसको जीवनमा कस्तो परिवर्तन ल्याउला भन्ने अहिले सबैको चासोको विषय बन्न पुगेको छ ।

    यो इन्टरनेट सेवा आएसँगै एक सेकेण्डमा २० गिगाबाइट्सको डाटा प्रयोग गर्न सकिन्छ । ३जी र ४जीको तुलनामा ५जी इन्टरनेट २० गुण तीव्र हुने बताइएको छ ।

    विशेषगरी निम्न चार क्षेत्रमा यो इन्टरनेटले महत्वपूर्ण परिवर्तन ल्याउनेछ –

    स्मार्ट सिटिज

    ५जीको माध्यमबाट मानिसहरुले स्वचालित कारमा पनि एकअर्कासँग राम्रोसँग कुराकानी गर्न सक्नेछन् । साथै उनीहरुले आफ्नो सवारीहरुको विवरण तथा नक्साको विवरण पनि साझेदारी गर्न सक्नेछन् । साथै सहरमा सबै मानिसहरुमाथि निगरानी राख्न तथा स्वचालित बत्तीहरुको प्रयोग गरी ट्राफिक व्यवस्थापनको लागि पनि निकै सहज हुनेछ ।

    स्मार्ट होम्स

    ५जी सेवाको माध्यमबाट घरको सुरक्षा प्रणाली, बिजुली र पानीको खपतको पनि मानिसहरुले व्यवस्थापन गर्न सक्नेछन् । यसले मानिसको स्वास्थ्यको पनि ख्याल राख्नसक्छ । यसले मानिसलाई आफ्नो स्वास्थ्यको विषयमा ध्यान दिनको लागि केही सहज हुनेछ भने फजुल खर्च रोक्न पनि सहयोग गर्नेछ । कुनै आपतकालीन अवस्थामा पनि डक्टरलाई बोलाउन यसले सहयोग गर्नेछ ।

    स्वाचालित कार

    ५जीको सहयोगमा स्वचालित कारको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा सुधार गर्न सकिन्छ । स्वचालित कार धेरै छिटो चलाउने चक्करमा यसको मार्गदर्शन सही हुन सक्दैन । यसको कारण यसलाई चलाउनका लागि मानवीय हस्तक्षेपको आवश्यकता हुन्छ । यद्यपि ५जी आएसँगै यसको स्वरुपमा पनि व्यापक परिवर्तन आउनेछ ।

    स्वास्थ्य निरीक्षण 

    ५जी आएपछि स्वास्थ्यसम्बन्धी उपकरणहरुको सेन्सर लगातार जोडिइरहेका हुन्छन् । यसको माध्यमबाट पलपलको जानकारी हासिल गर्न सकिन्छ । विदेशमा रहेको डक्टरबाट पनि उपचार गराउन सकिन्छ । एजेन्सी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…