• गोरखा : पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले यो सरकारलाई ‘हाँसको न कौवाको चालमा अल्मलिएको’ संज्ञा दिएका छन् ।

    जिल्लाबासीसँग शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन गोरखा आएका भट्टराईले दुई तिहाइको मतशक्तिको पनि सदुपयोग गर्न नसकेर आलोचना खेपिरहेको तर्क गरे ।

    ‘राज्यले गर्ने भूमिका के हो, निजी क्षेत्रले गर्ने भूमिका के हो भन्ने कुरा नै यो सरकारलाई थाह छैन’, उनले भने, ‘वाम सरकार बनेपछि सबै हामी गर्न सक्छौँ भनेर चुनावमा प्रतिबद्धता गर्नुभयो । अहिले त्यो उहाँहरु सक्नुहुन्न । त्यसैले उहाँहरु अहिले हाँसको चाल न कौवाको चालमा रुमल्लिरहनु भएको छ ।’

    शिक्षा, स्वास्थ्य, बाटो, बिजुली राज्यको जिम्मेवारीभित्र पर्ने भन्दै भट्टराईले अहिलेको सरकार शिक्षा र स्वास्थ्यको दायित्व आफ्ना आसेपासेलाई बाँड्नमै ब्यस्त रहेको बताएका छन् ।

    ‘बाटो बिजुली जस्ता काम राज्यले गर्ने हो, तर अहिलेको सरकार बुढीगण्डकी जलविद्युत आयोजना कमिसन खाएर निजी क्षेत्रलाई दिँदै हुनुहुन्छ । शिक्षा, स्वास्थ्य पनि आसेपासेलाई दिनै भ्याइनभ्याइ छ । यसरी सरकारले कहिल्यै पार लगाउँछ ?’, उनले भने, ‘पूर्वाधार विकास सरकारले गर्ने हो । कृषि, पशु, बन्दव्यापार निजी क्षेत्रले गर्ने हो तर अहिले सरकार यसैमा अलमलमा छ ।’

    सरकारले संघीयताको मूल मर्म र भावना विपरीत काम गरिरहेको प्रति भट्टराईले दुख व्यक्त गरे । संविधानमा उल्लेख भए अनुसार प्रदेश र स्थानीय सरकारलाई दिएको अधिकार धमाधम कटौती भएको भन्दै उनले सदरमुकाममा अनावश्यक रुपमा कार्यालयहरु स्थापना भइरहेकोमा असन्तुष्टि व्यक्त गरे ।

    साथै भट्टराईले जति धेरै अधिकार स्थानीय तहमा दियो उति धेरै समृद्धिको जग बलियो हुने तर्क गरेका छन् । स्थानीय तह बलियो बनाउन सबै लाग्नुपर्ने पनि उनको सुझाव छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…